सिमकोट गाउँपालिकाले ल्यायो ४० करोडको बजेट, एक वर्षभित्र नगरपालिका बनाउने योजना

सिमकोट गाउँपालिकाले ल्यायो ४० करोडको बजेट, एक वर्षभित्र नगरपालिका बनाउने योजना
+
-

सिमकोट– हुम्लाको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४० करोड ३९ लाख ४९ हजार ८ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ।

चालुतर्फ २२ करोड ६९ लाख ७६ हजार ८ सय अर्थात ५५.७७ प्रतिशत र पूँजीगततर्फ १८ करोड ४ लाख ७३ हजार अर्थात ४४.३ प्रतिशत बजेट विनियोजन गरिएको छ।

कुल बजेटको ३७ करोड ६८ लाख २८ हजार संघीय सरकार र ३ करोड १ लाख १७ हजार रुपैयाँ प्रदेश सरकारबाट प्राप्त हुने अनुमान गरिएको छ।

कुल विनियोजित बजेटमध्ये आर्थिक विकासमा १४ करोड ३७ लाख १५ हजार, सामाजिक विकासका लागि पाँच करोड १० लाख ३६ हजार, पूर्वाधार विकासका लागि १७ करोड ४५ लाख ८९ हजार, वातावरण तथा विपद व्यवस्थापन स्थापनका लागि दुई करोड ८६ लाख १३ हजार र शुसासन तथा संगठनतर्फ ८९ लाख ९६ हजार बजेट छुट्याइएको छ।

गाउँपालिकाका उपाध्यक्ष बली रावतले गाउँपालिकको बजेट गाउँसभामा प्रस्तुत गरेका थिए। गाउँसभाले सर्वसम्मत रुपमा बजेट पारित गरेको छ।

बजेटमा सिमकोटलाई आगामी एक वर्षभित्र नगरपालिका बनाउने नीति लिइएको उपाध्यक्ष रावतले बताए।

यस्तै सिमकोट गाउँपालिकाले आगामी एक वर्षभित्र आठ वटै वडामा सडक सञ्जाल जोड्ने घोषणा गर्दै आवश्यक बजेटको व्यवस्था गरेको छ।

चालु आर्थिक वर्षसम्म ६ वटा वडामा सडक सञ्जाल जोडिएको र अब बाँकी वडा नम्बर १ र ८ लाई आगामी आर्थिक वर्षमा सडक जोडेर सबै वडाहरुमा सडक सञ्जाल जोड्ने गाउँसभाले निर्णय गरेको उपाध्यक्ष रावतले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?