नवराजको न्‍याय माग्दै दिउँसै लालटिन बालेर माइतीघरदेखि नयाँ बानेश्‍वरसम्‍म प्रदर्शन

+
-

काठमाडौं-  नवराज विकसहित ६ जनाको हत्‍याको विरोधमा संयुक्त राजनीतिक दलित  संघर्ष समितिले माइतीघरमा  दिँउसै लालटिन बालेर प्रदर्शन गरेका छन्।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा उपल्लो जातकी प्रेमिका लिन जेठ १० गते गाउँका १९ युवा लिएर पुगेका नवराज विकसहित ६जनाको हत्‍या गरेको भन्दै उनीहरुले  सोती नरसंहारका विरुद्ध लालटिन जुलुस निकालेर विरोध गरेका हुन।

अधिकारकर्मीहरुले लालटिन बालेर माइतघरदेखि नयाँ बानेश्‍वरसम्‍म लालटिन बाल्दै सरकारलाई उज्यालोमा आउन आग्रह गरेका छन्।

 

यसका साथै उनीहरुले सरकार सोतीको घटनामा मौन रहेको भन्‍दै नवराजको रिपोर्ट कमजोर गरेको,  प्रारम्भिक रिपोर्टमा सरकारको प्रहरी प्रशासनले गैर जिम्‍मेवारीपन देखाएको भन्‍दै सत्य तथ्य छानबिन गरी दोषीम माथि कारबाही गर्न माग गरेका हुन।

यसअघि रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला अदालतले मुद्दा पूर्पक्षका लागि वडाध्यक्ष डम्बर बहादुर मल्लसहित २३ जनालाई कारागार पठाउने आदेश गरेको छ।

छ दिनको बहसपछि न्यायाधिश विद्याराज पौडेलको इजलासले बुधबार साँझ प्रतिवादीमध्ये तीन जनालाई साधारण तारेख र एक जनालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ। प्रेमिका भनिएकी युवतीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ। प्रेमिका भनिएकी युवतीसहित दुई जनालाई यसअघि बाल सुधार गृह पठाइएको थियो।

त्यसअघि शुक्रबारदेखि सुरु भएको बहसमा पीडितको तर्फबाट २५ जना र प्रतिवादीको तर्फबाट ७ जनाले बहस गरेका थिए। थुनछेक बहस शुक्रबारदेखि सुरु भएको थियो। सोमबारसम्म पिडितका कानुन व्यवशायीले बहस गरेका थिए। अदालतसँग पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने र साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिन विकल्प थियो।

जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनाविरुद्ध कर्तव्य ज्यानलगायत मुद्धामा अभियोग पत्र दर्ता गरेको थियो। प्रतिवादीमध्ये २९ जना पक्राउ परेका थिए भने पाँच जना फरार छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?