कोरोनाले रोक्यो पोखरेली रोपाइँ महोत्सव

कोरोनाले रोक्यो पोखरेली रोपाइँ महोत्सव
+
-

कास्की-असार १५ गते नजिकिँदै गर्दा किसानलाई मात्र होइन पोखराका पर्यटन व्यवसायीलाई पनि धान रोप्ने खेत खोज्ने चटारो हुने गर्थ्यो।

पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद्को आयोजनामा १७ वर्ष अघिदेखि कृषि पर्यटनका माध्यमबाट पोखरामा पर्यटकको बसाइ लम्बाउने उद्देश्यले रोपाइ महोत्सव हुँदै आएको थियो।

यस वर्ष पोखरामा न त पर्यटक छन्, न त रोपाइँ महोत्सवको कुनै रौनक नै । कोरोना भाइरस महामारीले १७ संस्करणको रोपाइँ महोत्सव यस वर्ष नहुने भएको छ।

संघले प्रत्येक वर्ष पोखराको फरक फरक ठाउँमा रोपाइँ महोत्सव गर्दै विदेशी पर्यटकलाई सहभागी गराउँदै आएको थियो । महोत्सव यस वर्ष कोभिड–१९ का कारणले हुन नसक्ने परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए।

“हामीले १७ वर्ष अघिदेखि कृषि पर्यटनको माध्यमबाट पोखरामा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले असारे रोपाइँ महोत्सवको गर्दै आइरहेका थियौँ, तर यो वर्ष कोरोनाका कारण निरन्तरता दिन सकेनौँ ।”

उनका अनुसार रोपाइँ महोत्सवमा सहभागी हुन अमेरिकाको रोट्रेडम युनिभर्सिटीबाट नेपालको परम्परागत खेतीप्रणालीबारे बुझ्न र अनुभव गर्न विद्यार्थी र प्राध्यापकसहितको टोली आउने गरेका थिए । महोत्सव अन्तरराष्ट्रिय जगत्मा समेत ‘ब्राण्डिङ्ग’ हुँदै गएको थियो ।

होटल एशोसियशन नेपालका केन्द्रीय सदस्य भरत पराजुलीले रोपाइँ महोत्सवले पोखराको पर्यटन क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल भएको बताए।
“पोखराको रोपाइँ महोत्सव पृथक र रमाइलो वातावरणमा हुँदै आइरहेको थियो, स्वदेश फर्कन लागेका पर्यटक पनि महोत्सवका कारण रोकिने गर्थे, पर्यटक स्वयं हलो जोत्ने, कान्ला खन्ने, आली लगाउने र रोप्ने काममा सहभागी हुँदा निकै रमाइलो देखिने गर्थ्यो।”

उनका अनुसार नेपाली र विदेशीबीच नाचगान, पञ्चे बाजा, असार गीतसँगै दहीचिउरा खाएर रोपाइँ महोत्सव मनाउने गरिन्थ्यो।रेवान पोखराका अध्यक्ष भीमसेन भुजेलले पर्यटकीय राजधानी पोखरामा हुने रोपाइँ महोत्सव पर्यटकको बसाइ लम्ब्याउन भूमिका खेल्ने गरेको बताए।

“विदेशी र नेपालीबीच रस्साकस्सी, हिलो दौड प्रतियोगितालगायत पञ्चेबाजा, असारे गीतको रमझममा महोत्सव सफल हुँदै आएको थियो ।” त्यसैगरी असार १५ मा सरकारले मनाउँदै आएको धान दिवसमा यस वर्ष कोरोना महामारीका कारण संक्रमण फैलिन सक्ने जनाउँदै कृषि विभागले हिलो खेल्ने र छ्याप्ने काम गर्न नपाइने प्रोटोकलमा उल्लेख गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?