जाले किराका कारण स्याउसँगै किसानको मन पनि अमिलो

जाले किराका कारण स्याउसँगै किसानको मन पनि अमिलो
+
-

सिमकोट – बगैँचामा लटरम्म स्याउका दाना देखिनु पर्ने बेला बोट खाली हुँदा हुम्लाका किसान चिन्तित भएका छन् । स्याउका बोटमा दाना लाग्ने बेला जालो बनाउने किरा लागेपछि स्याउ फलेन ।

साढे तीन सय बोट स्याउ लगाएका सिमकोट गाउँपालिका–२ का अगुवा किसान गोरा बोहराले स्याउ राम्रो नफलेको बताए । स्याउबाट राम्रो कमाई गर्दै आएका बोहराले यो वर्ष भने अमिलो स्वादका स्याउ बाहेक बोटमा अरु स्याउ नरहेको बताए ।

स्याउबाट वार्षिक पाँचदेखि सात लाख कमाई गर्ने उनलाई यसपाली कमाई नहुने देखिएपछि चिन्ता थपिएको छ । सिमकोट गाउँपालिका–६ की राधिका रोकायाले कुनै पनि बोटमा स्याउका दाना नलागेको र बोटमा किरा मात्र देखिएको बताइन् ।

स्याउबाट राम्रो कमाई गर्ने रावतले बोट हेर्दा पनि वाक्क लाग्न थालेको छ । फूल फुल्दा राम्रोसँग फुलेका बोट हेर्दा यसपाली स्याउ राम्रो फल्ने आशा लिएकी उनले किरा मात्रै देख्दा मन अमिलो भएको बताइन् । गाउँपालिका र कृषि विकास कार्यालयमा उपचारका लागि खबर गर्दा पनि कुनै सुनुवाई नभएको गुनासो उनले गरिन्।

यो पीडा हुम्लाका दुई प्रतिनिधि मात्रको मात्र नभएर सिंगो स्याउ किसानको रहेको छ । जिल्ला भरिका स्याउमा जाले किरा लागेको जिल्ला कृषि विकास कार्यालयमा प्रमुख चन्द्रभुषण झाले बताए।

जिल्ला भित्र स्थलगत रुपमा जाँदा पनि सबैतिर स्याउका बोटमा उक्त किरा लागेको बताउँदै प्रमुख झाले उपचार पनि कठिन भएको बताए ।

हुम्लामा ५४० हेक्टर जमिनमा स्याउ खेती गरिएको र त्यसमा रेड, गोल्डेन डेलिसिय, चक्लेटी, जोनाथन जातका स्याउका बोटहरु लगाइएको कार्यालयले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?