लकडाउनले चौंरी श्रोत केन्द्रको बजेट फ्रिज

लकडाउनले चौंरी श्रोत केन्द्रको बजेट फ्रिज
+
-

सिमकोट-चौरी पालनको बढी सम्भावाना भएको हिमाली जिल्ला हुम्लामा चालु आर्थिक वर्षका लागि स्थापना हुन पर्ने चौरी श्रोत केन्द्र स्थापना नहुने भएपछि बजेट फ्रिज हुने भएको छ।

बन्दाबन्दीले चौरी खरिद गरेर ल्याउन नसकिने अवस्था देखिएपछि सो शीर्षकको बजेट फ्रिज जाने भएपछि श्रोत केन्द्र स्थापना नहुने भएको हो। एक सय वटा चौरी सहितको श्रोत केन्द्र स्थापना गर्ने कार्यक्रम भएपनि बन्दाबन्दीले गर्दा बजेट फ्रिज जाने भएपछि स्थापना गर्न नसकिएको भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका प्मुख ज्ञोनेन्द्र बहादुर बुढथापाले बताए।

श्रोत केन्द्रका लागि क्षेत्र छनौट, प्रस्ताबना माग गरि सर्ट लिस्टबाट तीन वटा प्रास्तावना समेत छनौट भएको बेला कोरोना बहरले बन्दाबन्दी सुरु हुदा चौरी खरिद गरि ल्याउनु पर्ने चीनमा जान नसकिने हुदा बजेट फिर्ता गर्नु परेको हो।

यसका लागि एक करोड बजेट बिनियोजित गरिएको र त्यसबाट एक सय चौरी र श्रोत केन्द्र भवन निर्माण गर्नु पर्ने थियो। तर निक्कै राम्रो कार्यक्रम बन्दाबन्दीले गर्दा गर्न नसकिएको उनले बताए।

हुम्लामा पाईने चौरी खरिद गरेर श्रोत केन्द्र स्थापना गर्नका लागि पहल गरिएको भएपनि मन्त्रालयले नमानेको हो । उत्तरी हुम्लाका लागि निक्कै उपयोगी कार्यक्रम सञ्चालन हुन नसकेर बजेट फिर्ता जाने भएपछि किसानहरु निरास भएका हुन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?