
सिमकोट – हुम्ला सदरमुकाम सिमकोटको रिङरोडको निर्माण कार्य सुचारु भएको छ । बजेट अभावमा रोकिएको काम फेरि सुचारु भएको हो ।
कर्णाली प्रदेशसभाका सदस्य एवं प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीले प्रदेश पुर्वाधार विशेष कार्यक्रमबाट ५० लाख बजेटको व्यवस्था गरेपछि रिङरोडको निर्माण कार्य अगाडि बढेको हो ।
अहिले सडक निमार्णको काम धमाधम भैरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर रोकायाले बताए ।