
सिमकोट-संसदको विधायन समितिबाट नागरिकता विधेयक २०७७ लाई बहुमतले पारिद गर्दै सरकारले संसदमा पेश गरेपछि जनता समाजबादी पार्टी हुम्लाले गम्भीर ध्यानकर्षण भएको जनाएको छ।
विधेयक संसदमा पेश भएको बिरोध स्वरुपमा सो पार्टी प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएर बिरोध जनाएको हो ।
सो पार्टीले ज्ञापन पत्रमा विश्व एक मुठ्ठीमा रहेका बेला अन्तरदेसीय बिबाह सामान्य रुपमा लिन थालिएको बेला त्यसलाई अंकुश लगाउने किसिमले सरकारले संसदम पेश गरेको बिधेयकले फिर्ता लिन माग गरिएको छ।
पौराणीक कालदेखि नै छिकेमी राष्ट्रसंग बिबाह चली रहेका बेला अहिले यसलाई हटाउन खोज्नु न्याय संगत नभएको उल्लेख गर्दै पार्टीका जिल्ला अध्यक्ष धर्मराज बोहराले नागरिकता सम्बन्धि अहिले ल्याउन लागिएको बिधेयक संविधानको मर्म बिरोधी रहेकोले त्यसलाई सच्याएर अगाडी बढ्न सरकारलार्य आग्रह गरे।
यस्तो संशोधनले नागरिक स्तरबाट स्थापित राष्ट्रिय एकतालाई समेत कमजोर बनाउने ज्ञापन पत्रमा उल्लेख गर्दै यसलाई सच्याएर अगाडी बढ्न सरकारलाई आग्रह गरिएको छ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गिरीले यसलाई माथिल्लो निकायमा बढाई दिने बताए । कार्यक्रममा उक्त पार्टीका केन्द्रीय सदस्य बिरजंग शाही लगाएर डेढ दर्जन कार्यकर्ताको उपस्थिती रहेको थियो।