तरकारी पकाउँदा तेलको राँकोले बालकको अनुहार जल्यो

तरकारी पकाउँदा तेलको राँकोले बालकको अनुहार जल्यो
+
-

सिमकोट-भान्सामा तरकारी भुट्ने क्रममा तातेको तेलको राँको आएर एकजना बालकको अनुहार जलाएको छ।

भान्सामा तरकारी भुट्ने क्रममा प्याज कराईमा राखिसकेको बेला खारिएको तरकारी राख्दा तेलको राँको आउर अनुहार तथा आँखा जलाएको हो।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ को छिप्रा गाउँका १३ वर्षका सुरेश रावलको तरकारी भुट्ने बेला तातेको तेलको राँको आएर अनुहार तथा आँखा जलाएको पिडितका बुवा गोपाल रावलले बताए।

तातेको तेलले अनुहार जलाएको छ भने तेलको छिटा दुबै आँखा भित्र परेर देख्न समेत कठिन भएको उनले बताए। तेलले अनुहार र आँखा जलाएका बालक रावललाई बुवा आमाले बोकेर जिल्ला अस्पतालमा पुर्‍याएकी छिन्।

अस्पतालमा प्राथमिक उपचार भै रहेको र जिल्लामा उपचार गर्न नसकिने भएपछि जिल्ला बाहिर रिफर गर्नु पर्ने अस्पतालले जनाएको छ। अस्पतालले केही उपचार सुरु गरेपनि आँखाका स्वास्थ्यकर्मी बम बोहराले बिरामीको केस जटिल भएको बताए।

उपचार सुरु भएको र सुधार नआए जिल्ला बाहिर रिफर गर्नु पर्ने उनले बताए।आर्थिक रुपमा कमजोर परिवारका सदस्यहरुलाई तातो तेलले अनुहार जलाएका बालकको जिल्ला बाहिर लिएर उपचार गर्न कठिन भएको बुवा रावलले बताए। बालक सहयोगी हातको पखाईमा रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?