सलह कीरा भगाउन चितवनका युवाले गरे ड्रोनको सफल परीक्षण

सलह कीरा भगाउन चितवनका युवाले गरे ड्रोनको सफल परीक्षण
+
-

काठमाडौं-भारत हुँदै नेपाल प्रवेश गरेको लाखौ सलह कीरा नियन्त्रण गर्नका लागि चितवनका युवाहरुले मधुका कृषक ड्रोनको सफल परीक्षण गरेका छन्।

बुधबार कृषि ज्ञान केन्द्र चितवन, नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र मधुका ड्रोन सर्भिसेसको सहकार्यमा मधुका कृषक ड्रोनको सफल परीक्षण गरिएको  मधुका ड्रोन सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत शम्भु शिवाकोटीले देश सञ्‍चारलाई जानकारी दिए।

उनले भने, ‘मधुका कृषक ड्रोनको सहकार्यमा हामी आज एकपटकमा किटनाशक औषधि बोक्ने क्षमता २५ केजी भएपनि हामीले १० केजी राखेर परीक्षण गर्‍यौ। यसले सलह भगाउन सफल भएका छौ।तर यसमा किटनाशक राख्दा ब्‍याट्री धेरै खपत हुने रहेछ।’

उनका अनुसार ड्रोनलाई एकपटक चार्ज गरेपछि यसमा प्रयोग गरिएको ब्याट्रीले एकटपकमा १० केजी किटनाशक औषधि राखेर छर्किएमा ४० केजीसम्म छर्किन सक्ने सकिन्छ।

उनले भने, ‘स्प्रे गर्दा ६ वटा मोटर चल्ने भएकाले आवाज चर्को निक्लिने हुन्छ। यही कारणले सलह किरा भगाउन केही हदसम्‍म सजिलो हुन्छ। त्यति मात्रै नभएर स्पीकरलाई ड्रोनमा राखेर पनि म्यूजिक बजाउन सकिन्छ।’

उनले मधुका ड्रोनको यो पहिलो भर्सन रहेकाले यसलाई चाँडै दोस्रो भर्सनमा अपग्रेड गर्ने बताए। उनले भने, ‘ हामीले पहिलो भर्सनबाट दोस्रो भर्सनको लागि बाहिरबाट मगाएको सामग्रीहरु लकडाउनले गर्दा रोकिएको छ। लकडाउन खुल्‍ने वित्तिकै हामी त्यो मगाएर काम सुरु गर्छौ।’ अनुसार पहिलो भर्सन टेक्निकली गाह्रो भएकाले दोस्रो भर्सनको ड्रोन सुरक्षित र सबैले चलाउने मिल्‍ने खालको बनाउन लागेको उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?