दाङ – लमही नगरपालिका–२ निवासी ७ वर्षे बालिकामाथि करणीको प्रयास भयो । यो घटना चैत ८ गते दिउँसो ४ बजेको हो । २७ वर्षका लालबहादुर चौधरीले ललाई फकाई ति बालिकालाई करणीको प्रयास गरे ।
लालबहादुरले बालिकालाई अर्धनङ्ग्न पारिसकेका थिए । बालिका अत्तालिएर रुँदै चिच्याउन थालिन् । त्यसपछि घर परिवार तथा छिमेकीले थाहा पाए ।
गाउँभरिका मनिस जम्मा भए । गाउँको विवाद गाउँमै समाधान गर्नुपर्छ, बाहिर लैजानुहुन्न भन्दै एकथरीले आवाज बलियो बन्दै थियो ।
जघन्य अपराध गाउँमै मिलाउने प्रयास गरियो । तर घटना बारे प्रहरीसम्म जानकारी पुग्यो । प्रहरी तत्काल पुगेर एक्सनमा उत्रियो । घटनामा संलग्न आरोपी लालबहादुरलाई पक्राउ ग¥यो । बालिकालाई आफन्तहरुसँगै अस्पताल लगियो ।
वडा प्रहरी कार्यालय लमहीले करणीको प्रयास गरेको आरोपमा लालबहादुर विरुद्ध दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिए ।
‘यस्ता जघन्य अपराध पनि गाउँमै मिलाउन खोजिन्छ । यस्ता अपराध मिलाउन खोज्नेलाई समेत प्रहरीले छाड्दैन्’ उनले भने ‘जघन्य अपराध मिलाउन खोजियो, गाउँमै दबाएर राख्न खोजियो भने कालान्तरमा यसले नराम्रो असर पार्छ ।’
वडा प्रहरी कार्यालय लमहीमा यस वर्ष ६ वटा जवरजस्ती करणीका मुद्दा दर्ता हुन आएका छन् । घटनामा संलग्न आरोपीलाई कानुन बमोजिम कारवाही गरिएको प्रहरीले जनाएको छ ।
जवर्जस्ती करणी गर्नेलाई कती हुन्छ कैद सजाय ?
दश वर्षभन्दा मुनिकी बालिका भए दशदेखि पन्ध्र वर्षसम्म
दश वर्ष वा सो भन्दा बढी चौध वर्ष भन्दा कम उमेरकी बालिका भए आठवर्षदेखि बाह्र वर्षसम्म
चौध वर्ष वा सो भन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए ६ देखि दश वर्षसम्म
सोह्र वर्ष वा सो भन्दा बढी बीस वर्ष भन्दा कम उमेरकी महिला भए पांच वर्ष देखि आठ वर्षसम्म
बीस वर्ष वा सो भन्दा बढी उमेरकी महिला भए पाँचदेखि सात वर्षसम्म