हुम्लामा आलु प्रतिकेजी ८० रुपियाँ

हुम्लामा आलु प्रतिकेजी ८० रुपियाँ
+
-

सिमकोट- हिमाली जिल्ला हुम्लामा आलुको मुल्य प्रतिकेजी ८० रुपियाँ पुगेको छ। पुराना आलु सकिएको र नयाँ आलु भरखर बजारमा आएको मौका छोपी आलुको मुल्य आकासिएको हो।

बजारमा किसानले बिक्रीका लागि ल्याएको नयाँ आलुको मुल्य प्रतिकेजी असी रुपियाँ पर्ने गरेको सिमकोट बजारकी सुनमति सिंहले बताइन्। पुराना आलु सकिएको र नयाँ आलु भरखर बजारमा आउदा मुल्य वृद्धि भएको उनको ठहर छ।

यसअघि पुराना आलुको मुल्य पचास देखि साठी रुपियाँ पर्ने गथ्यो । किसानले नयाँ आलुको प्रतिकेजी साठी रुपियाँमा ब्यापारीलाई बिक्री गर्दे आएका छन् । तर ब्यापारीले असी रुपियामा बिक्री गरि रहेका छन्।

किसानले गत माघमा लगाएका आलु भरखर बजारमा आउन थालेको सिमकोट गाउँपालिका वडा नम्बर २ का किसान उम्मरसिंह भण्डारीले बताए । किसानले ल्याएका आलु प्रतिकेजी असी रुपियाँमा बिक्री हुने गरेको रिदम फ्रेस हाउसले जनाएको छ।

आलुको अभाव भएको कारण मुल्य आकासिएको व्‍यापारीले बताउदै आएका छन्। सदरमुकाम सिमकोटका लागि सिमकोट गाउँपालिका वडा नम्बर १,२, ४, ५ र ७ बाट आलु आउने गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?