
सिमकोट-निर्माण कार्य सुरु भएको पाँच वर्षपछि जिल्ला अदालतको भवनको काम सम्पन्न भएपछि सञ्चालनमा आएको छ। नयाँ भवनको निर्माण कार्य सम्पन्न हुदा अदालतले कार्य सञ्चालनमा ल्याएको ह।
जिल्ला अदालतका श्रेस्तादार मदनराज भट्टराईले निर्माण कम्पनीलाई निक्कै ताकेता गरेर भवनको निर्माण कार्य सम्पन्न गर्न लगाएको बताए।उनका अनुसार भवनको निर्माण कार्य सकिए लगत्तै पुरानो र साँघुरो भवनबाट नयाँ भवनमा कार्यालय सञ्चालनमा ल्याईएको हो।
नयाँ भवनमा सरेपछि अदालतले आफ्ना दैनिक प्रशासनीक तथा न्यायिक कार्यहरु सम्पादन सुरु गरेको हो। नयाँ भवनमा कार्यालय सरे पनि कोठाको सजावट गर्न सकिएको छैन।
उनले सबै कोठाका लागि सजावट गर्न साढे नौ लाख लागत लाग्ने अनुमानको बजेट सर्वोच्च अदालतलाई पत्राार गरे पनि बन्दाबन्दीले त्यसको प्रतिकृया नआएको कारण सजावट हुन नसकेको बताऐ । अदालतले पुराना भएकै सामानबाट काम गर्दै आएको छ।
अदालत भवनको निर्माण कार्यको जिम्मा पाएको धुलिखेल मिसनपर जेभीका प्रतिनिधि ज्ञानेन्द्र रावतले २०७२ सालमा निर्माण कार्य सुरु भएको भवन बल्ल निर्माण कार्य सम्पन्न भएको बताए।
बन्दाबन्दीका चिब भवनको निर्माण कार्य पुरा गरेर अदालतलाई जिम्मा लगाउने कार्य पूरा भएको छ। भवन ठुलो र धेरै काम सिमेन्टको भएको कारण हिमपातले छ महिना मात्र काम हुने भएको कारण भवन निर्माण गर्न ढिलो भएको कम्पनीले जनाएको छ।
निर्माण ब्यबसायी रावतले त्यसैसँगै भवनका लागि आबश्यक निर्माण सामाग्री हवाई मार्गबाट ल्याउनु पर्ने भएको कारण पनि ढिलो भएको बताए। २६ कोठे दुई तले भवनको निर्माणका लागि दुई करोड ६२ लाख लागेको छ। भवन आधुनिक र सुविधा सम्पन्न रहेको छ।