
सिमकोट-कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना सङ्क्रमण देखिएको छ। आइतबार चार जिल्लाका २१ जनामा कोरोना सक्रमण देखिएको हो।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण कार्यालय, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ११ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका सात जना, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमका दुई जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एक जनामा कोरोना कोरोना सक्रमण पुष्टि भएको हो।
अहिलेसम्म कर्णालीमा कोरोना संक्र्रमितको सख्या एक हजार ६१६ पुगेको छ। तर पछिल्लो समय कोरोना सक्रमितको सख्या घट्दै गएको छ भने निको हुनेको सख्या बढ्दै गएको छ।
प्रदेशमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ४०८ पुगेको छ। आइतबार मात्रै थप ४३ जना निको भएर घर फर्किएका छन । अहिलेसम्म कर्णालीमा कोरोना संक्रमणाका कारण छ जनाको मृत्यु भएको छ।