शिक्षा पद्धति सुधार्न आधुनिक शिक्षामा मुख्यमन्त्रीको जोड

‘प्रदेश २मा दुई लाख वालवालिका शिक्षाबाट वञ्चित’

+
-

जनकपुरधाम- प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत अहिलेको पौराणिक शिक्षा पद्धतीबाट कसैसको भलो हुन नसक्ने भन्दै आधुनिक र व्यवसायिक शिक्षामा जोड दिएका छन्।

बुधबार जनकपुरमा राष्ट्रिय निजी तथा अवाशिय विद्यालय एशोसिएसन नेपाल प्रदेश २ को कार्यसमितीद्धारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले शिक्षा क्षेत्रमा निजी विद्यालयको भूमिकालाई सराहना गरेका छन्।

सार्वजानिक विद्यालयको अवस्थाले शिक्षा पद्धति कयौँ शताब्दी बितिसक्दा पनि परिवर्तन हुने थिएन भन्दै उनले भने, ‘निजी विद्यालयले शिक्षामा योगदान नदिएको भए अहिले कल्पनै गर्न नसक्ने शिक्षाको अवस्थाको सृजना हुन्थ्यो्। मुख्यमन्त्री राउत अगामी दिनमा आधुनिक व्यवसायिक र टिकाउ शिक्षाका लागि नीति ल्याईने समेत बताए।

अहिले पनि प्रदेश २ मा करिब २ लाख बालबालिका शिक्षाबाट बञ्चित रहेको जानकारी दिँदै उनीहरुलाई विद्यालय पठाउनमा सरकारको पनि भुमीका हुनुपर्ने राउतले उल्लेख गरेका छन्। प्रदेश सरकार गठन भएसँगै तुरन्तै जादुको छडीजस्तो परिवर्तन नभएपनि शिक्षामा विकाशका लागी आफु लागीपर्ने मुख्यमन्त्री राउतको भनाई थियो।

यस्तै, प्रदेश २ का समाजिक मामिला, शिक्षा, स्वास्थ्य तथा खेलकुद मन्त्री नवल किशोर साह निजी क्षेत्रले शिक्षामा दिएको योगदान अविसमरणीय रहेको बताए। उनले प्रदेश २ लाई शिक्षा क्षेत्रमा पहिलो बनाउनकालागी सुधारका लागि कडा कानुन बनाइने उल्लेख गरे।

एन प्याबसन प्रदेश २ का अध्यक्ष जयप्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्थ तथा योजना मन्त्री विजय कुमार यादव, गृहराज्य मन्त्री सरोज कुमार सिंह, प्रदेशसभा सदस्य परमेश्वर साह लगायतका व्यक्तिहरु सहभागी थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?