हुम्लामा एक वर्षमा १८ जना गर्भवतीको हेकोप्टरबाट उद्धार

हुम्लामा एक वर्षमा १८ जना गर्भवतीको हेकोप्टरबाट उद्धार
+
-

सिमकोट-एक वर्षमा हुम्ला जिल्लामा १८ जना गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। तीन देखि एक हप्तासम्म प्रशब ब्यथाले छटपटाएकी गर्भवती महिलाहरुको संघीय तथा प्रदेश सरकारले हवाई उद्धार गरेर ती महिलाहरुलाई बचाएको हो।

नाम्खा गाउँपालिका वडा नम्बर ५ को लिमीका वडा अध्यक्ष पाल्जोरले पछिल्लो पटक मंगलवार गर्भवती महिलालाई हेलिकोप्टमा सुर्खेत उद्धार गरिएको बताए। उनले चार दिनसम्म प्रशब ब्यथाले थलिएकी महिलाको स्थानीय प्रशासनको समन्वयमा उद्धार गरिए पछि सुर्खेतमा सफल रुपमा बच्च जन्मिएको बताए।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले गत साउन महिना यता हुम्ला जिल्लाबाट १८ जना सुत्केरी ब्यथाले छटपटाएकी महिलाको हेलिकोप्टरबाट नेपालगंज, सुर्खेत, जुम्ला र जिल्ला अस्पताल सिमकोटमा उद्धार गरिएको बताए। उनीहरु सबै तीन देखि सात दिनसम्म ब्यथा लाग्दा स्थानीय प्रशासनको समन्वयमा हेलिकोप्टरबाट उद्धार गरिएको हो।

प्रमुख सिंहका अनुसार उद्धार गरिएका मध्य नाम्खा गाउँपालिकाबाट चार जना, चंखेली गाउँपालिकाबाट पाँच जना, सर्केगार्ड गाउँपालिकाबाट दुई जनालाई जुम्ला, सुर्खेत र नेपालगंज उद्धार गरिएको थियो भने जिल्ला भित्रैबाट सात जना महिलाको हेलिकोप्टरबाट उद्धार गरि जिल्ला अस्पतालमा ल्याएर सफल रुपमा सुत्केरी गरिएको हो । उद्धार गरिएको सबै गर्भवती महिलाले सफल रुपमा बच्चा जन्माउनु भएको थियो।

जिल्ला अस्पतालकी सिनीयर अनमी सरिता बोहराका अनुसार केही सुत्केरी त अन्तिम अबस्थामा उद्धार गरिएको भएपनि चिकीत्सक तथा स्वास्थ्यकर्मी सफल प्रयासले उनीहरु र बच्चा बाँच्न सफल भएको बताइन्।

उद्धारका लागि प्रयोग भएको हेलिकोप्टको भाडा भने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले तीन वटाको र बाँकी १५ वटा हेलिकोप्टरको भाडा कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले ब्यहोरेको छ।

यसरी भर्गवतीको हेलिकोप्टबाट उद्धार गर्ने कार्य गर्त वर्ष ११ जना रहेका थिए। सरकारले हिमाली क्षेत्रका गर्भवती महिलाका लागि एयरलिफ्टको ब्याबस्था गरेपछि उद्धार गरिने महिलाको संख्यामा वृद्धि भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?