दोहोरोपना हुने भएपछि खार्पुनाथ गाउँपालिकाद्वारा बजेट फ्रिज

दोहोरोपना हुने भएपछि खार्पुनाथ गाउँपालिकाद्वारा बजेट फ्रिज
+
-

सिमकोट-आएको बजेट असारे विकास गरेर खर्च गर्ने प्रतिश्प्रर्धा गाउँपालिकामा चलि रहेका बेला खार्पुनाथ गाउँपालिकाले बिकासका लागि आएको बजेट फ्रिन पठाएको छ।

बजेट खर्च गर्दा दोहोरापना हुने र कोरोना कहरले काम गर्न नसकिने भएपछि सो गाउँपालिकाले बजेट फिर्ता पठाउनु उपयुक्त ठानेको हो।खार्पुनाथ गाउँपालिकाको एक करोड ४० लाख ३९ हजार ३३२ बजेट फ्रिज गएको छ।

गाउँपालिकाले कोरोना कहरले गर्न नसकेका काम र दोहोरोपना हुने गरि निबीयोजित भएको बजेट खर्च नहुने भएपछि सो बजेट फ्रिज पठाएको गाउँपालिकाका लेखा प्रमुख बिशाल बोहराले बताए। उनका अनुसार प्रदेश र संघीय सरकारको कार्यक्रम पनि गाउँपालिकाका दुई वटा स्थानमा ट्रष्ट ब्रिज बनाउने गरि आएको पचास लाख बजेट फ्रिज गएको हो।

गाउँपालिकाले पनि पुल बनाउँदा दोहोरोपना हुने भएपछि बजेट पठाउनुको बिकल्प थिए। यद्यपि गाउँपालिकाको बजेट पनि सोही शिर्षकमा हुदा दोहोरोपना देखिएपछि केही समय अघि संघीय सरकारसँग गाउँपालिकाले बजेटको शिर्षक परिवर्तन गर्न गरेको तर गाउँपालिकाको अनुरोध माथि कुनै सुनुवाई नहुँदा अहिले आएर सो बजेट फिर्ता गएको गाउँपालिकाले जनाएको छ।

त्यसैगरी स्वास्थ्यतर्फको तालिम शीर्षकको बजेट पनि कोरोना संक्रमणले गर्न नसकिएपछि फ्रिज गएको छ।आर्थिक वर्षको अन्तिम दिन असार ३१ गतेसम्म अन्य बिकासे कार्यालयलाई चेक काट्न भ्याइ नभ्याइ भएको बेला खार्पुनाथले दुईदिन अगाडि नै बजेट फिर्ता पठाएर काम बन्द गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?