
संयुक्त अरब इमिरेट्स (युएई) ले देशको ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। युएईले मंगल ग्रहका लागि अन्तरिक्ष यान प्रक्षेपण सुरु गरेको छ । जापानबाट युएईले द होप नाम दिइएको अन्तरिक्ष यानको सफल ‘लिफ्ट–अप’ गरेको हो ।
द होप अन्तरिक्ष अभियान अन्तर्गत युएईले जापानमा रहेको तानेगाशिमा स्पेसपोर्टबाट एच२–ए नाम गरेको रकेट प्रक्षेपण गरेको हो । सो रकेटले ५०० मिलियन किलोमिटरको यात्रा तय गर्ने छ र मंगलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्ने छ ।
गएको हप्ता दुईपटक रकेट प्रक्षेपण गर्ने तयारी भएको थियो, तर मौसमले साथ नदिएपछि रोकिएको थियो । होपको रकेट सन् २०२१ को फेब्रुअरीमा फर्किने छ ।
युएई स्थापनाको ५० औँ वर्ष रकेटको सफलतासँगै मनाउने तयारी छ । होम अभियानकी प्रमुख तथा विज्ञान राज्यमन्त्री सारा अली आमिरीले रकेट सफलतापूर्वक मंगल ग्रहका लागि उडेपछि निकै खुशी लागेको बताएकी छन् ।