ला लिगाबाट यी हुन् च्याम्पियन्स लिगमा छनोट हुने चार टोली

ला लिगाबाट यी हुन् च्याम्पियन्स लिगमा छनोट हुने चार टोली
+
-

म्याड्रिड- स्पेनिस ला लिगा फुटबलको यो सिजन सकिएको छ। रियल म्याड्रिडले एक खेल खेल्न बाँकी रहँदै उपाधि जित्ने निश्चित गरेको थियो।

अन्तिम चरणको खेलमा रियल म्याड्रिडले लेगानेससँग २-२ गोलको बराबरी खेल्यो भने दोस्रो स्थानमा रहेको बार्सिलोनाले एलाभेसलाई ५-० गोलले हरायो।

यो सिजन ला लिगाबाट बार्सिलोना र रियल म्याड्रिडसहित एट्लेटिको म्याड्रिड र सेभिल युरोपियन च्याम्पियन्स लिगका लागि छनोट भएका छन्। ला लिगाका शीर्ष चार टोली च्याम्पियन्स लिगका लागि छनोट हुन्छन्।

रियल म्याड्रिडले ८७ र  बार्सिलोनाले ८२ अंक जोड्यो भने एट्लेटिको म्याड्रिड र सेभिलको नाममा समान ७० अंक रह्यो। पाँचौँ स्थानमा रहेको भिल्लारियलले ६० अंक जोडेको छ।

भिल्लारियलसँगै छैटौँ स्थानमा रहेको रियल सोसिडाड युरोपा लिगका लागि छनोट भएको छ। सातौँ स्थानमा रहेको ग्रानडाले युरोपा लिगका लागि छनोट खेल्ने छ।

पुछारको तीन स्थानमा रहेका लेगानेस, मालोर्का र स्पान्योल ला लिगाबाट रेलिगेसनमा परेका छन्। २० टोली रहने ला लिगाका अन्तिम तीन टोली दोस्रो डिभिजनमा झर्छन्। पुछारको स्पान्योलले २५ अंक जोड्यो भने १८ औँ स्थानमा रहेको लेगानेस एक स्थान अगाडि रहेको सेल्टा भिगोभन्दा एक अंकले मात्र पछाडि रह्यो।

अन्तिम खेलमा सेल्टा भिगो र लेगानेस दुवैले बराबरी खेलेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?