वैज्ञानिकहरु उत्साहित

कोरोना भाइरसविरुद्ध अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप सुरक्षित र प्रभावकारी

कोरोना भाइरसविरुद्ध अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप सुरक्षित र प्रभावकारी
+
-

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले बनाएको कोरोना भाइरसविरुद्धको सम्भावित खोप सुरक्षित र प्रभावकारी देखिएको छ ।

एक हजार ७७ जनामा गरिएको परीक्षणमा सो खोप सुरक्षितसँगै कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएको वैज्ञानिकले बताएका छन् ।

खोप दिइएका व्यक्तिको प्रतिरोधात्मक क्षमता बढेको देखिएको हो । खोप दिएपछि व्यक्तिको शरीरमा कोरोना भाइरससँग लड्ने एन्टीबडी तथा टी–सेल्सको विकास भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

मानवीय परीक्षणको नतिजा अति सकारात्मक भए पनि अझै बिस्तारित अनुसन्धानको खाँचो रहेको अक्सफोर्डका वैज्ञानिकको भनाई छ । खोपको सुरक्षा तथा प्रभावकारी पूर्ण रुपमा यकिन गर्नका लागि बिस्तारित तहको परीक्षण जारी रहेको छ ।

अक्सफोर्डका वैज्ञानिकले अति तीव्र गतिमा काम गरेर सिएचएडीओएक्स १ एनकोभी–१९ नाम गरेको खोप विकास गरेका हुन् । चिम्पाजीमा रुघा लाग्ने भाइरसको आनुवंशिक इन्जिनियरिङ्गबाट खोप बनाइएको हो ।

खोपमा प्रयोग गर्नका लागि सो भाइरसलाई निकै परिमार्जन गरिएकाले यसबाट संक्रमण नहुने वैज्ञानिकले बताएका छन्।

परिमार्जन गरिएको भाइरस कोरोना भाइरस जस्तै देखिन्छ । यसको अर्थत खोपले कोरोना भाइरसलाई दर्शाएर मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोना भाइरसविरुद्ध लड्न सिकाउँछ ।

कुनै पनि भाइरसविरुद्ध खोप प्रभावकारी हुनका लागि एन्टीबडी र टी–सेल्सको प्रतिक्रिया हुनु पर्छ । अक्सफोर्डको खोपमा दुवैले राम्रो प्रतिक्रिया गरेका देखिएको हो ।

खोप दिएको १४ दिनपछि टी–सेल्स उच्च तहमा पुग्ने र २८ दिनपछि एन्टीबडी उच्च तहमा पुग्ने देखिएको द लानसेट जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

अक्सफोर्डको खोप अनुसन्धान समूहका वैज्ञानिक प्राध्यापक एन्ड्रयू पोलार्डले भनेका छन्, ‘हामी परीक्षणको नतिजाबाट अति उत्साहित भएका छौँ । एन्टीबडी र टी–सेल्स प्रभावकारी भएको देख्दा खुशी छौँ ।’

अहिलेसम्मको परीक्षणमा खोप सुरक्षित देखिए पनि ७० प्रतिशत व्यक्तिमा ज्वरो वा टाउको दुख्ने समस्या (साइड इफेक्ट्स) देखिएको छ ।

विश्वभर अहिले कोरोना भाइरसविरुद्धका २३ वटा सम्भावित खोपहरु मानवीय परीक्षणको चरणमा छन् । यस्तै अरु १४० वटा खोपहरु निर्माणको प्रारम्भिक चरणमा रहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?