सिंगो गाउँ लालपुर्जाबिहीन

सिंगो गाउँ लालपुर्जाबिहीन
+
-

सिमकोट – हिमाली जिल्ला हुम्लाको एक गाउँका बासिन्दाले जग्गा उपभोग गर्दै आए पनि लालपुर्जा भने पाएका छैनन्।

लालपुर्जाका लागि सदरमुकाम सिमकोट जान मात्र चार दिन पैदल लाग्ने भएपछि उक्त गाउँका स्थानीय बासिन्दाहरुको हातमा हालसम्म लालपुर्जा नपरेको हो।

धेरै जग्गा हुने मध्यकी ताँजाकोट गाउँपालिका वडा नम्बर ३ को मासपुर गाउँकी हिराकला बुढाले जग्गा उपभोग गर्दै आएको भएपनि दर्ता भए नभएको थाहा नभएको बताइन्।

पञ्चायत कालमा मुखियालाई तिरो स्वरुप मानोपाथी तिर्दै आएको भए पनि पछिल्लो शासन व्यवस्थामा त्यो पनि तिर्न छोडिएको उनको भनाइ छ।

२०५४ सालमा नापीको टोली भने आएर जग्गा नापी गरेको भएपनि लालपुर्जा हातमा परेको छैन । जिल्ला आएर लालपुर्जा लिन नापी टोलीले सुझाएको भएपनि चार दिन पैदल र एउटा चार हजार अग्लो मने लेक काट्नु पर्ने भएपछि जान नसकिएको उनले गुनासो गरिन्।

अर्का स्थानीय टेक बहादुर रोकायाले लालपुर्जा बनाउन आठ देखि दश दिन लाग्ने देखिएपछि गाउँले नगएको बताए। त्यो सँगै खर्चको कुराले पनि लालपुर्जा बनाउन समस्या परेको हो।

गाउँका बुढापाकाहरु आफूले लालपुर्जा देख्न नपाएकोमा दुःख व्यक्त गर्छन्। मासपुर गाउँमा १९ घरधुरी रहेका छन् । तर हालसम्म कसैको हातमा पनि लालपुर्जा भने छैन।

जग्गा नापी भई मालपोतमा दर्ता भएर पनि आउजाउ समस्याको कारण गाउँबासीको हातमा लालपुर्जा नपरेको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताए।

अहिले पनि मासपुरबासी लालपुर्जा बनाउन जाने मनस्थितिमा नदेखिएपछि अब गाडी सञ्चालनमा आएपछि गाउँपालिकाले व्यवस्था गर्ने उनले बताए।

हातमा लालपुर्जा नहुँदा प्रदेश सरकारले किसानलाई दिँदै आएको कृषि अनुदानबाट यहाँका नागरिक बञ्चित हुनुपरेको छ।

सरकारले जिल्ला कृषि कार्यालयबाट लाखौँ रुपैयाँ कृषिका लागि अनुदान दिए पनि यहाँका स्थानीयले जग्गाको लालपुर्जा नभएकै कारण नपाएका हुन्।

२०५० साल फागुन १९ गते मासपुर गाउँँको मालपोत कार्यालय हुम्लामा जग्गा मोडमा दर्ता भएको १९ घरधुरी स्थानीयले अहिलेसम्म लालपुर्जा नलिएको मालपोत कार्यालयले जनाएको छ।

ताजाँकोट गाउँपालिका अनुगमन गर्न जाँदा लालपुर्जा नपाएको थाहा पाएको निमित्त प्रमुख रबिन्द्र शाहीको भनाइ छ।

गाउँपालिकाबाट सिफारिस लिएर आएपछि प्रतिलिपि दिन सकिने उनले बताए । त्यहाँबाट स्थानीय नआएको कारणले मात्र लालपुर्जा नपाएको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?