काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त सदनलाई बिहीबार सम्बोधन गर्दै सुखी र समृद्ध नेपाल अबको लक्ष्य हुनुपर्ने बताएकी छन्। उनले लोकतन्त्र थेगोमात्र नभएर जीवनपद्धति भएको र मानिसको जीवनमा परिवर्तन नल्याए यसको कुनै अर्थ नरहनेे पनि उल्लेख गरेेकी छन्।
उनले भनिन्, जनचाहना र आवश्यकताको सम्बोधन गर्न हामीले निष्ठापूर्वक कर्तव्य पालना गर्नुपर्छ, देश र जनताको सर्वोपरि हित नै हाम्रो लक्ष्य हुनुपर्छ।’
उनले समतामूलक, समाजवाद उन्मुख र सम्बृद्ध तथा लोकतान्त्रिक नेपालको स्थापना गर्नुपर्नेमा जोड पनि दिइन्।
उनले गौरवशाली स्वाधीन इतिहासको स्मरण गर्दै देशभक्त बहादुर जनताको देश भए पनि शासकीय र व्यवस्थापकीय कमजोरीले पछाडि परेको सांसदहरुसँग बताइन्।
नेपाली युवा योजगारीलाई विदेश पलायन भएको उल्लेख गर्दे उनले युवा ऊर्जा र जाँगरको देशका लागि प्रयोग गर्नुपर्ने पनि बताइन्।
उनले भनिन्, ‘युवालाई कसरी सक्षम बनाउने सोच्नैपर्छ, पोषण र शिक्षामा उचित ध्यान दिनुपर्छ, नागरिकका लागि स्वतन्त्र, भयरहित र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको रक्षा हुनुपर्छ।’
उनले लोकतन्त्र थेगो होइन, जीवनप्रणाली भएको उल्लेख गर्दै जनताको जीवनमा परिवर्तन नआए लोकतन्त्र अर्थहीन नारामात्र हुन जाने बताइन्।
उनले भनिन् ‘नेपाल बौद्धिकता र सम्पन्नताको भूमि हो यहाँ सबैले समान अधिकार र समान अवसर पाउनुपर्छ।’