
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै संयुक्त सदनलाई सम्बोधन गर्ने कार्यक्रममा बिहीबार दिउँसो यसअघि अन्य सांसदहरुसँगै दर्शक दिर्घामा राख्ने गरिएका उपराष्ट्रपति नन्दकिशोर पुनलाई राष्ट्रपति, सभामुख र राष्ट्रियसभाका अध्यक्षसँगै रोष्ट्रममा राखिएको छ।
अघिल्ला वर्षहरुमा उपराष्ट्रपतिलाई सांसदहरुसँगै राख्ने गरिएको थियो।
संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले यसअघि उपराष्ट्रपतिलाई दर्शकदिर्घामा राख्ने चलन रहेकामा आलोचना भएपछि यसवर्षदेखि राेष्ट्रममै राख्न थालिएको जानकारी दिए। उपराष्ट्रपति मर्यादाक्रममा दोस्रो स्थानमा रहे पनि दर्शकदिर्घामा सांसदहरुसँगै राख्ने व्यवस्था गरिँदा सार्वजनिक रुपमा संसद सचिवालयको आलोचना हुने गरेको थियो।