अन्तराष्ट्रिय आप्रवासन दिवस मनाइदै

अन्तराष्ट्रिय आप्रवासन दिवस मनाइदै
+
-

काठमाडौं-आज अन्तराष्ट्रिय आप्रवासन दिवस। सोमबार अन्तराष्ट्रिय आप्रवासन दिवस विविध कार्यक्रम गरी विश्‍वभर मनाइरहँदा अवसरको खोजी गर्दै करीब ४५ लाख नेपाली विदेसिएको तथ्याङकले देखाएको छ। आप्रवासनमा रहेका नेपालीहरुको सुरक्षित बसोबास र रोजगारी चुनौती बन्दै आएको छ।

घर छोडेर कामका लागि विदेसिएका कामदार र उनीहरुका परिवारको हक-अधिकार सुनिश्‍चित गर्ने उद्देश्यसहित हरेक वर्ष १८ डिसेम्बरकै दिन यो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघको आह्‍वानमा यो विश्वभर विभिन्‍न कार्यक्रम गरी मनाउने गरिएको हो।

सन् २००२ मा राष्ट्रसंघको घोषणा अनुसार विदेसिएका व्यक्ति र उनीहरुको परिवारको स्वस्थ खाना, सुरषित बसाई र हिडडुल र काम गर्ने स्वतन्त्रता सुनिश्चित हुनुपर्छ। संघले दिवसका अवसर जारी गरेको सन्देशमा सञ्‍चार र यातायातका कारण विकास भएको भूमण्डलीकरणले विशिष्ट क्षमता र चाहना बोकेर मानिस सजिलै एक ठाउँबाट अर्को ठाउँमा जाने चलन बढेको उल्लेख छ।

आप्रबासनले समाजमा अवसर र चुनौति दुवै सिर्जना गरेको राष्ट्रसंघको भनाई छ। अन्तर्राष्ट्रिय आप्रवासनमा देखा परेका चुनौतिलाई पार लगाउन अन्तर्राष्ट्रिय र क्षत्रिय सहकार्य र साझेदारीको विकासको आवश्कयता पनि राष्ट्रसंघले औंल्याएको छ।

दिवसका अवसरमा एक सन्देश जारी गर्दै राष्ट्रसंका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तन, जनसंख्या, अस्थिरता, असमानता, सुखद जीवनको आकांक्षा र श्रमबजारले खेपेको अभाव जस्ता चुनौतिहरुको सामना गर्न क्षेत्रिय र अन्तर्राष्ट्रि सहकार्य तथा साझेदारीको आवश्यकता औल्याएका हुन।

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?