
सिमकोट-सिमकोट गाउँपालिका वडा नम्बर ६ को बिजय होटेल क्षेत्रमा रोकिएर रहेको ट्याक्टर एक्कासी गड्दा एकजना बालिका घाईते भएकी छन्।
न्यूटलमा राखेर सडकमा राखिएको ट्याक्टर केटाकेटी चलाएपछि ट्याक्टर स्टार्ट भएर दक्षिणीतर्फ अगाडी गुड्दा ती बालिका ठक्कर दिदा घाईते बनाएको हो।
सडकबाट २५ देखि ३० मिटर तल लामा सांस्कृति मंचको भवनमा खस्दा सिमकोट गाउँपालिका वडा नम्बर ३ को बरगाउँकी वर्ष चारकी बालिका डोमछुमु लामा घाईते भएको प्रहरी नायव उपरिक्षक सुर्य सुबेदीले बताए।
घाईते बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। भवनको खोजमा आएर खसेको ट्याक्टरको अगाडीको भागमा क्षेती पुगेको छ भने भवनमा पनि क्षेती पुर्याएको छ। दुर्घटनाबाट अन्य मानवीय क्षेत्र भने हुन पाएको छैन।
ट्याक्टरले बिधुतको पोल पनि ढालेको छ। पोल ढल्दा सिमकोटको बिधुत सेवा केही समय अबरुद्ध भएको थियो।
साना केटाकेटीले ट्याक्टरमा बसेर फोटो खिज्ने क्रममा ट्याक्टर स्टार्ट भएको हुन सक्ने प्रहरी आशंका गरेको छ। दुर्घटना भएको ट्याक्टर गोर्ख लामाको रहेको छ।