कोरोनाविरुद्ध आश गरिएका तीन प्रमुख खोपहरु

कोरोनाविरुद्ध आश गरिएका तीन प्रमुख खोपहरु
+
-

कोरोना भाइरसको महामारी तत्काल नियन्त्रणमा आउने देखिएको छैन । महामारीको एक मात्र उत्तम विकल्पका रुपमा खोप रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा स्वास्थ्य विज्ञले बताउने गरेका छन्।

सामान्य अवस्थामा खोप बनाउनका लागि वर्षौँ लाग्छ। तर कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि वैज्ञानिकहरुले अति तीव्र रुपमा काम गरिरहेका छन्।

अहिलेसम्म कम्तीमा २३ वटा सम्भावित खोपहरु अहिले मानवीय परीक्षणको चरणमा छन्। त्यसमध्ये तीन खोपहरु मानवीय परीक्षणको अन्तिम चरणमा पुगेका छन् र ती खोपहरु सुरक्षित र प्रभावकारी देखिएको वैज्ञानिकको भनाई छ ।

विश्वभर आशको सञ्चार गरेका तीन प्रमुख खोपहरु

अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन


यो खोप अक्सफोर्ड विश्वविद्यालयको जेनर इन्स्टिच्युडको पहलमा विकास गरिएको हो । यसलाई कोरोना भाइरसविरुद्धको सबैभन्दा आश गरिएको खोपका रुपमा लिइएको छ । यो खोपको उत्पादनको स्वीकृति ब्रिटिस–स्वीडिस औषधि निर्माण कम्पनी एस्ट्राजेनेकाले पाएको छ ।

मानवीय परीक्षणमा यो खोप सुरक्षित तथा प्रभावकारी देखिएको छ । अहिले बृहत स्तरको मावनीय परीक्षणको चरणमा रहेको यो खोप यहि वर्षको अन्त्य वा आउँदो वर्षको सुरुमा प्रयोगका लागि तयार हुने अपेक्षा छ ।

मोदेर्नाको खोप


अमेरिकी कम्पनी मोर्देनाले निर्माण गरिरहेको खोप पनि अहिले मानवीय परीक्षणको अन्तिम चरणमा रहेको छ । अहिलेसम्म यो खोपको नाम एमआरएनए–१२७३ रहेको छ । यो खोपले कोरोना भाइरसलाई न्यूट्रलाइज गर्ने एन्टिबडी निर्माण गरेको अहिलेसम्मका मानवीय परीक्षणमा देखिएको वैज्ञानिकले बताएका छन्।

तर यसको केही सामान्य साइड इफेक्ट्स पनि देखिएको छ । मोदेर्नाका सरुवारोग क्षेत्रका अनुसन्धानकर्ता र अमेरिकाको नेशनल इन्स्टिच्युड अफ हेल्थ (एनआइएच) को सहकार्यमा यो खोपमा काम भइरहेको हो ।

सिनोभाक बायोटेकको कोरोनाभ्याक


चीनको सिनोभाक बायोटेकले निर्माण गरेको यो खोप अहिले तेस्रो चरणको मानवीय परीक्षणमा रहेको छ । अहिले ब्राजिलमा परीक्षण भइरहेको खोपलाई सम्भावित खोपहरुको सूचिमा सबैभन्दा अघि रहेका मध्यमा पर्छ । कोरोनाभ्याकको तेस्रो चरणको मानवीय परीक्षणका लागि बंगलादेशले समेत स्वीकृति प्रदान गरेको छ ।

यो पनि पढ्नुहोस्

कोरोना भाइरसविरुद्ध अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप सुरक्षित र प्रभावकारी

कोरोना भाइरसविरुद्ध अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप सुरक्षित र प्रभावकारी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?