मानाङ बनाउँदै, आम्दानी कमाउँदै ‘छेमेल लामा

मानाङ बनाउँदै, आम्दानी कमाउँदै ‘छेमेल लामा
+
-

सिमकोट-बौद्ध धर्मालम्बीहरुले गाउँ पस्नु अगाडी निर्माण गरिएका गुम्बामा राख्ने ढुङ्गामा मानाङ (आर्ट) लेखन गर्ने कार्य आम्दानीको राम्रो श्रोत हुदै आएको छ।

लामा समुदायले गुम्बा, घरको ढोकामा धार्मिक रुपमा पुजा पाठ गर्न र भुतप्रेत हटाउनका लागि यस्ता मानाङ प्रयोग गर्नै पर्ने भएको कारण यसको खपत हुने भएपछि आम्दानीको श्रोत भएको हो।

सिमकोट गाउँपालिका वडा नम्बर ३ का छेमेल लामाले मानाङ लेख्ने कामबाट हालसम्म आम्दानी गर्दै आएका  छन्। मानाङ लेख्ने काम ढुङ्गामा चित्र कुद्ने कार्य हो।

नेपालीमा यसलाई थाङ्ना लेखन भनेर पनि बुझन सकिने सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताए । बौद्ध धर्म मान्ने लामा समुदायका प्रत्येक घर घरमा राख्ने र गुम्बा र महत्वपुर्ण स्थानमा पनि राख्ने भएको कारण कामदारको आम्दानीको श्रोत भएको छ।

६० वर्ष उमेर कट्नु भएका छेमेलको मुख्य काम नै मानाङ लेख्नु हो। उनले एउटा ढुङगामा मानाङ लेखेपछि तीन देखि पाँच सय रुपियाँसम्म लिने गर्नु भएको छ। दिनमा तीन चार वटा मानाङ तयार गर्दै आएका लामाले कमाईको मुख्य श्रोत भएको बताए ।

उक्त वडामा मानाङ लेख्ने मुख्य दुई जना छन्। अन्य सिकारु पनि हुनुहुन्छ। मानाङको प्रयोग लामा समुदायले गुम्बामा पुजापाठ गर्न र भुतप्रेत धपाउनका लागि घरघरमा पनि राख्ने भएको कारण प्रत्येक घरमा प्रयोग हुदै आएको छ।

गाउँमा नयाँ घर निर्माण हुने बित्तिक्कै मानाङ लेख्नका लागि छेमेललाई अर्डर आउने गरि हाल्छ। यो पेशा सिमकोट गाउँपालिकाको वडा नम्बर ३ मा नभई १ र ४ नम्बर वडामा पनि काम लाग्दै आएको छ।

अर्को सिङ्गो नाम्खा गाउँपालिका लामा समुदाय बस्ने भएको कारण त्यता पनि काम पाइन्छ। मानाङ लेख्नमा नाम कमाएकf लामाहरु हुम्लामा ३० देखि ४० जना रहनु भएको छ। उनीहरुको रोजगारीको मुख्य श्रोत नै मानाङ लेख्‍नु हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?