
अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किएका छन् । उनीहरु अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र गल्फ अफ मेक्सिकोमा अवतरण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
अन्तरिक्ष यात्री डग र बबले पानीमाथि अवरण गरेका हुन् । व्यवसायिक क्षेत्रबाट अन्तरिक्ष यात्रा गरेर अन्तरिक्ष यात्री सफल रुपमा पृथ्वीमा फर्किएको यो पहिलो पटक हो ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले निजी कम्पनी स्पेसएक्ससँगको सहकार्यमा सो यान अन्तरिक्षमा पठाएको थियो । ड्रयागन क्याप्सुल स्पेसएक्सले उपलब्ध गराइ उसैले सञ्चानल गरेको हो । सो यान चीनबाट ४२२ किलोमिटरको दूरी माथि रहेको अन्तरिक्ष स्टेशनमा गएको मे ३१ मा प्रवेश गरेको थियो ।
चुहावट, दबाब र तापक्रमको जाँचका लागि केही प्रतिक्षा गरेपछि, पहिल्यै आईएसएसमा रहेका रुसी र अमेरिकी टोलीसँग सामेल हुन ड्रयागन क्याप्सुलमा रहेका यात्रीहरु स्टेशनमा प्रवेश गरेका थिए ।
हर्ली र बेन्कनसहितको अन्तरिक्ष यान ड्रयागन क्याप्सुल गएको मे ३० मा अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ९ वर्ष पहिले शटल्स नामको अन्तरिक्ष यान पठाउने प्रणाली बन्द गरेको थियो । त्यसपछि अमेरिकी भूमिबाट अन्तरिक्षयात्रीलाई पठाइएको यो पहिलोपटक हो ।
यो मिसनमार्फत नासाले आफ्नै अन्तरिक्षयान नभइ व्यावसायिक क्षेत्रबाट भाडामा यान लिएर प्रयोग गर्ने नयाँ युगको थालनी गरेको हो ।