हुम्लामा यसवर्ष फलेनन् स्याउ, किसान चिन्तित

हुम्लामा यसवर्ष फलेनन् स्याउ, किसान चिन्तित
+
-

सिमकोट-लटरम्म फलेर बोट नै निहुरिनु पर्ने बेला यसपटक भने स्याउको सबै बोटमा फल लागेका छैनन्। स्याउका दाना लाग्ने बेला गबारो किरा लागेपछि स्याउ नफलेको कारण स्याउको बोटले फल टिकाउन सकेनन्।

साढे तीन सय बोट स्याउका रुख फलाउदै आएको सिमकोट गाउँपालिका वडा नम्बर ४ का किसान जंग बहादुर शाहीले थोरै अमिलो स्वादका बोट फले पनि अधिकांश बोट खाली रहेको बताए।

फुल फुल्दा राम्रोसँग फुलेको भएपनि दाना लाग्ने बेला किरा लागेको कारण स्याउ नफलेको हुन सक्ने उनले बताए। वर्षेनि स्याउबाट साढे तीनलाख भन्दा बढी कमाई गर्दै आउनु भएका शाहीलाई यसपाली कमाई नहुने देखिएपछि चिन्ता थपिएको छ।

जिल्लाको तल्लो क्षेत्रमा स्याउ पाकेर बजारमा आउनु पर्ने बेला भएपनि नफलेकै कारण नयाँ स्याउ चाक्न पनि नपाएको स्थानीय काली बोहराले बताए।तर सिमकोट आसपासका क्षेत्रमा भने स्याउ पाक्ने बेला भएको छैन तर पनि नफलेको कारण स्याउ पाउने सम्भावना देखिएको छैन।

ठूला फार्मका रुपमा स्याउ खेती गर्दै आएका किसानहरु यस वर्ष स्याउ नफलेपछि निक्कै चिन्तित देखिएका छन्।किसान दन्त रावतले जता गएपनि लटरम्भ स्याउ फलेको रुख हुने बेला खाली र किराले पात खादै गरेको रुख देखिने गरेको बताए।

यसरी सबैतिर स्याउ नफलेको अहिलेसम्म नदेखेको बताउदै रावतले धेरै किसान मर्कामा परेको बताए। हुम्लाका कुनै पनि किसानले स्याउको बोटको बिमा पनि गर्न सकेको छैनन्।

यसरी यसपाली स्याउ नफल्नुमा मुख्य गरि दाना लाग्ने बेला किरा लागेको कारण अहिले बोट खाली भएको कृषि बिकास कार्यालयका प्रमुख चन्द्रभुषण झाले बताए।दाना खाग्ने बेला सबै किराले खाएपछि अहिले बोट खाली भएको उनले बताए।

यो समस्या कुनै एक ठाउँको मात्र नभएर जिल्ला भरिको उस्तै रहेका छ।किराले गर्दा स्याउन नफलेपछि स्याउ उत्पादनमा असी प्रतिशत कमी आउने कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?