पठनपाठन सहज बनाउन हुम्लाका विद्यार्थीलाई रेडियो प्रदान

पठनपाठन सहज बनाउन हुम्लाका विद्यार्थीलाई रेडियो प्रदान
+
-

हुम्ला – पठनपाठन सहज बनाउनका लागि हुम्लाको सिमकोट र नाम्खाका विद्यार्थीहरुलाई निःशूल्क रुमा रुपमा रेडियो वितरण गरिएको छ । रेडियोबाट संचालित कक्षामा पहुँच नपुगेका कारण विद्यार्थीलाई रेडियो वितरण गरिएको हो ।

मोतिरामको आधारभुत विद्यालयका शिक्षक पासाङ लामाले घरमा मोबाइल रेडियो नभएका विद्यार्थीहरुले रेडियो पाएपछि दूरशिक्षामा सहज भएको बताए ।

मावि तहका विद्यार्थीहरुका लागि सदरमुकाम सिमकोट स्थित दुई रेडियोबाट कक्षा सञ्चालन भइरहेको छ । कक्षा सञ्चालन भए पनि विधार्थीको हातमा रेडियो नभएपछि पढाईमा सहभागिता हुन नसकेको गुनासो आएको थियो । शिक्षक लामाका अनुसार रेडियो पाएपछि घरको छतमा समूहमा सामाजिक दूरी कायम गरी विद्यार्थीले रेडियो सुनेर अध्ययन गर्ने गरेको बताए ।

आधार विकास नेपालमा शिक्षा क्षेत्र हेर्ने अधिकृत कन्जोक लामाका अनुसार बन्दाबन्दीको बेला कार्यक्रम मार्फत नेपाली, अंग्रेजी, विज्ञान र सामाजिक विषयको पठनपाठन भएको बताए ।

विद्यार्थीसँग मोबाइल र रेडियो नभएपछि त्यसको व्यवस्था गरिएको उनले जानकारी दिए । सिमकोट र नाम्खा गाउँपालिकाका मावि तहमा अध्ययनरत विद्यार्थीहरुलाई पाँचजनाको समूह बनाएर एकथान रेडियो वितरण गरिएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?