दुवै राज्यमा भाजपा बहुमत उन्मुख

दुवै राज्यमा भाजपा बहुमत उन्मुख
+
-

नयाँदिल्ली-भारतका गुजरात र हिमाचल दुवै राज्यका विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को बहुमत आउने देखिएको छ।

ती दुवै राज्यमा मतगणना जारी छ। आधीभन्दा बढी सिटमा भाजपाले अग्रता हासिल गरेको छ । भाजपा कार्यकर्ताले दुवै राज्यमा विजय र्‍याली मनाउन शुरु गरिसकेका छन्।

गुजरात विधानसभा चुनावका लागि १८२ सिटको मतगणना भइरहेको छ।

यो समाचार तयार पार्दासम्‍म भाजपा ५८ स्थानमा विजयी भएको छ भने ४४ ठाउँमा अग्रस्थानमा रहेको छ। यस्तै भारतीय कांग्रेस ४१ ठाउँमा विजयी भएको छ भने ३६ सिटमा अगाडि छ।

गुजरातका मुख्यमन्त्री विजय रुपाणी विजयी भएका छन्।

हिमाचलमा ६९ सिटमा भाजपाले ३५ भन्दा बढीमा अग्रता कायम गरेको छ।

हिमाचलमा भाजपाको प्रचारमा प्रधानमन्त्री नरेन्द्र मोदी उत्रिएका थिए भने कांग्रेसका तर्फबाट मुख्यमन्त्री वीरभद्र सिंह लागेका थिए।

यसअघि गरिएका निर्वाचन परिणाम सर्वेक्षणमा दुवै राज्यमा भाजपाको जित हुने बताएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?