बाटो भत्केपछि डरलाग्दो भीरमा जोखिमयुक्त यात्रा, तल कर्णाली नदी

बाटो भत्केपछि डरलाग्दो भीरमा जोखिमयुक्त यात्रा, तल कर्णाली नदी
+
-

हुम्ला – हुम्लाको सदरमुकाम सिमकोट आउने मुख्य बाटो सडक निर्माणका क्रममा भत्काएपछि पैदल यात्रुहरु भीरबाट हिँड्न बाध्य भएका छन्। कर्णाली तिरको उक्त बाटो भत्किँदा अन्य विकल्प समेत नभएपछि जोखिम उठाएर बटुवालाई हिँड्नै पर्ने बाध्यता भएको हो।

काम विशेषले सदरमुकाम सिमकोट आउन लागेका सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ निवासी जस बहादुर थापाले बोक्चे गौँडामा मुख्य बाटो सडक निर्माणका क्रममा भत्किए पछि भीरमा ज्यानको जोखिम उठाएर हिँड्नु परिरहेको बताए।

एकातिर सडकले भत्काएको बाटोलाई स्थानीय मिलेर काम चलाउ बाटो बनाए पनि त्यो बाटो पनि वर्षाले भत्काएको हो । उनले तल कर्णाली नदी माथि भीरबाट हिँड्नु पर्दा निक्कै शास्ती खेप्नु परिरहेको बताए। उक्त खण्डको बाटोमा दैनिक सयाैँ मानिसहरु ओहोर दोहोर गर्ने गर्दछन्।

बुढाबुढी र बालबालिकाहरु हिँड्न सक्ने अवस्था नभएको बताउँदै अर्का यात्रु कुलवीर शाहीले बटुवा हिँड्ने बाटो निर्माणका लागि पहल गर्दा सुनुवाई नभएको बताए।

शाहीले बाटो मर्मततर्फ बेलैमा नसोचे दुर्घटना नहोला भन्न नसकिने बताए । भीरमा हिँड्न डराउने यात्रुहरु फिर्ता हुनु पर्ने अवस्था रहेको छ भने पशु वस्तु हिँड्न बन्द भएको छ।

उक्त क्षेत्रमा हिल्सा सिमकोट सडक आयोजनाले कर्णाली करिडोरको सडक निर्माण गर्ने क्रममा बिष्फोटको कार्य गर्दा यसै पनि बाटो भत्केको थियो।

सो क्षेत्रमा बटुवा हिँड्नका लागि स्थानीय मिलेर काम चलाउ बाटो निर्माण गरेको र सो बाटो पहिरोले भत्काउँदा भीरबाट ज्यान जोखिममा राखेर हिँड्नु परेको बटुवाले बताएका छन्। आयोजनाले पनि सडक चाडो निर्माण गर्ने तदरुकता देखाएको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?