फोटो फिचर

१७ तस्बिरमा सुन्दर थिम्पु

१७ तस्बिरमा सुन्दर थिम्पु
+
-

भुटान – विश्वभरका घुम्न चाहनेहरुको रोजाइमा पर्ने देश हो, भुटान । यहाँको कला सँस्कृति तथा प्राकृतिक वातावरणले तान्ने गर्छ सबैलाई ।

नेपाल र भूटानबिच एउटा समनाता छ, भुटानमा पनि नेपाली भाषी छन् । राजधानी थिम्पुमा पनि नेपाली भाषीको बसोबास छ ।

नेपालीभाषी समेतको बसोबास रहेको भुटानको राजधानी थिम्पुमा मानिसहरु अन्य क्षेत्रबाट बसाईं सरेर आउने क्रम बढ्दो छ।

अहिले त्यहाँ देशका अरु ठाउँबाट बसाईं सरेर आउनेको संख्या बढ्दै गएको छ । तर सरकारको व्यवस्थापन राम्रो रहेकाले भुटानको शहर अहिले पनि सुन्दर र व्यवस्थित छ ।

थिम्पुमा कसैले सडकमा फोहोर फाल्न पाउँदैन। त्यस्का लागि ठाउँ ठाउँमा फोहोर हाल्ने स्थान बनाइएको छ।

सडकका मुख्य चोकहरुमा भुटानको संस्कृति झल्किने संरचना निर्माण गरिएका छन्।

थिम्पुमा कुनै पनि स्थानमा धुमपान गर्न पाइँदैन। धुमपान गरेको पाइएको खण्डमा चर्को जरिमाना गराइने गरिएको छ।

भवनका संरचना प्रायः एकै खाले पाइन्छ।

भुटान आउने पर्यटकले दैनिक २ सय ५० डलर खर्च गर्नुपर्ने हुन्छ।

भुटानले पछिल्लो समयमा हिन्दु धर्मावलम्बीका लागि मन्दिर बनाइदिन थालेको छ। दुर्गा मन्दिरको निर्माण करीब अन्तिम चरणमा छ।

थिम्पुमा करीब १० बर्ष लगाएर बनाइएको बुद्धको मूर्ति हेर्न दैनिक १ हजार पर्यटक आउने गरेको बताइन्छ।

करिब दुई लाख जनसंख्या रहेको थिम्पुमा बग्ने थिम्पु छु नदीलाई प्रदुषणबाट मुक्त राखिएको छ। उक्त नदीमा कहीँ कतैबाट ढल वा फोहोर फ्याँक्ने गरिएको छैन।

भुटानको खाद्य बजारमा कुनै पनि बस्तु खुल्ला बेच्न दिइँदैन। घरमा लगिएका प्लाष्टिकका झोला सरकारले पठाएका फोहोरका गाडीलाई जिम्मा दिनुपर्छ।

सागसब्जी बजारमा कहीँ कतै फोहोर गरेको पाइए सरकारले चर्को जरिमाना तराउने गरेको छ।

यात्रुको सुरक्षालाई ध्यानमा राख्दै थिम्पुका ट्याक्सीको दाहिनेपट्टिको ढोका यात्रुले खोल्न पाउँदैनन्।

भुटानको पारो नजिक रहेको ताक-शाङ गुम्बा। जुन पहरामा बनाइएको छ।

राजधानी थिम्पुको मध्यमा रहेको बौद्ध स्तुपा।

राजधानी थिम्पु छिर्ने मुख्य प्रवेशद्वार।

भुटान सरकारको सचिवालय।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?