म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै लियोन पुग्यो सेमिफाइनलमा

म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै लियोन पुग्यो सेमिफाइनलमा
+
-

इंग्लिस क्लब म्यानचेस्टर सिटीको च्याम्पियन्स लिग यात्रा अन्तिम ८ मै टुंगिएको छ । क्वाटरफाइनल अन्तर्गत लिस्बोनमा शनिबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी फ्रेन्च लिग वान क्लब लियोनसँग स्तब्ध भयो ।

लियोनले सिटीमाथि ३–१ को जित दर्ता गरेको हो । पहिलो हाफमा एक गोल खाएको सिटीले दोस्रो हाफमा एक गोल गरेर थप दुई गोल खायो ।

लियोनको जितमा मोउसा डेम्बेलेले दुई तथा म्याक्सवेल कोर्नेटले एक गोल गरे । सिटीका लागि केविन डी ब्रुयनले एक गोल फर्काए । २४ औँ मिनेटमा कोर्नेटले गोल गरी लियोनलाई सुरुवाति अग्रता दिलाए । ६९ औँ मिनेटमा केविनले सिटीका लागि बराबरी गोल गरे ।

तर त्यसपछि डेम्बेलेले लगातार दुई गोल गरेर सिटीलाई स्तब्ध बनाएका हुन् । उनले ७९ र ८७ औँ मिनेटमा गोल गरी टिमलाई ३–१ को जितसहित अन्तिम चारको यात्रा गराएका हुन् ।

सेमिफाइनलमा लियोनले बार्यन म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ । बार्यनले शुक्रबार राति भएको खेलमा बार्सिलोनालाई ८–२ ले पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेको हो ।

अर्को सेमिफाइनलमा पिएसजीले आरबी लेइप्जिगसँग खेल्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?