सन्दर्भ : अटिजम सचेतना दिवस

अटिजम मानसिक समस्या होइन, शरीरको विशेष अवस्था मात्रै

अटिजम मानसिक समस्या होइन, शरीरको विशेष अवस्था मात्रै
+
-

काठमाडौं – अटिजम सचेतना दिवस सोमबार नेपालमा विभिन्न कार्यक्रम गरी मनाईंदैछ । बौद्धिक अपाङ्गता अन्तर्गत पर्ने अटिजमको बारेमा सचेतना दिने र यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिँदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ ।

दिवसको अवसरमा यस वर्षको नारा ‘इमपावरिङ विमेन एण्ड गर्ल्स विथ अटिजम’ अर्थात अटिजम भएका महिला तथा बालिकाको सशक्तिकरण भन्ने तय गरिएको छ । अटिजम भएका महिला तथा बालिका थप खतरामा रहेको देखिएकाले यसवर्ष उनीहरुको सशक्तिकरणमा जोड दिइएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

अटिजमलाई रोगको रुपमा नभएर शरीरको विशेष अवस्था रुपमा लिइन्छ । यसको उपचार नभएकाले बालबालिकाको व्यवहार परिवर्तन गर्ने र उनीहरुको क्षमता बुझेर प्रेरित गर्नु पर्ने विज्ञले बताएका छन् ।

अटिजम भएका बालबालिकाको आवाज नआउने, बोलेको कुरा ठेगान नहुने, छिनछिनमा रुने, हाँस्ने, जिद्दी गर्ने लगायतका बानी हुने भएपनि यो मानसिक समस्या भने नभएको विज्ञले बताउने गरेका छन् ।

अटिजम भएका बालबालिकामा चकचक हुने वा निष्क्रिय हुने, आफैले केहि गर्न नसक्ने, अरुसँग नखेल्ने, बोलाए पनि जवाफ नदिने, नसुनेको जस्तो गर्ने, कुनै काम राम्ररी गर्न नसक्ने, एउटै कुरा दोहोर्‍याएर बोल्ने, घाउ भए पनि प्रतिक्रिया नदिने, हात खुट्टा चलाइरहने लगायतका समस्या हुन्छ । अभिभावकले आफ्नो बालबालिकाको अवस्था बुझ्नु पर्ने उनीहरुको सुझाव छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?