‘यात्रुले सुरक्षाका उपाय अपनाए पुरानै मूल्‍यमा पूर्ण क्षमतामा हवाई उडान गर्छाैँ’

+
-

काठमाडौँ- कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका मापदण्डहरु कडाइका साथ लागू गरिएमा आन्तरिक हवाई उडान तत्काल सुचारु गर्न सकिने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार आन्तरिक उडानसँगै अन्तर्राष्ट्रिय उडान पनि सुचारु गर्न सकिने बताए। उनले भने, ‘ आन्तरिक उडान भदौ १६ गतेबाट खुल्न सक्छ। तर अन्तर्राष्ट्रिय उडान केही लम्बिन सक्छ।’

उनले कोरोना भाइरस रोकथामका सुरक्षाका मापदण्ड कडाइकासाथ लागू गरेर फ्लाइट तत्काल सुरु गर्न सकिन्छ। अन्तर्राष्ट्रिय उडान पनि सीमित रुपमा खोल्दा फरक पर्दैन। यदि सुरक्षाका मापदण्ड कडाइका साथ लागु नगरी खोलियो भने प्रत्युत्पादक हुने चेतावनी समेत दिए।

उनले प्राधिकरण हवाई उडान सुचारु गर्न विगत एक महिनादेखि तयारी अवस्थामा रहेको बताउँदै आफूहरु सरकारको निर्णयको प्रतिक्षामा रहेको उनले बताए। ‘हामी उडान सुचारु गर्न तयारी अवस्थामा नै छौँ’ उनले भने, ‘सरकारले खोल्ने निर्णय गरेको दोस्रो दिन देखिनै सुरु हुन्छ।’

प्राधिकरणले कोराना भाइरस नियन्त्रणका लागि सुरक्षाका मापदण्डहरुको पनि सम्पूर्ण तयारी भएको उनले बताए। ‘स्यानिटाइजिङ, सामाजिक दूरी, जहाज भित्र सुरक्षा मिलाउने लगायतका मापदण्ड पूरा गरेर तयारी अवस्थामा छौँ’, उनले भने।

यस्तै कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले तोकेका तथा विज्ञहरुले सुझाएका सबै सुरक्षात्मक उपायहरु लागु गरेपछि विमानमा पूर्ण क्षमतामा यात्रु राखेर सुचारु गर्न सकिने बताए।

‘१ घन्टामा ३ सय जनाको प्रवेश हुने व्यवस्था मिलाउने र सुरुवात विन्दुदेखि डिपाचर, काउन्टर, सेक्यूरेटी एरिया, स्ट्रायल जोन एरिया, बसमा नचढेसम्मलाई भन्छौँ’, उनले भने, ‘ग्राहक र कर्मचारीहरुबीचमा सामाजिक दूरीका लागि सिसाको बार लगाउने, फेससिल्ड लगाउने, मास्क ग्लोबस, लगाउने, उडान रद्द भएको खण्डमा अर्को विमान बोलाउनु परेमा त्यो समयमा नबोलाउने लगायतका नियमको पालना गरियो भने संक्रमणबाट जोखिन सकिन्छ।’

उनले सुरक्षाका उपाय अपनाएर पूरानै टिकट मूल्यमा पूर्ण क्षमतामा यात्रु लान सकिने बताए। क्षमताभन्दा कम यात्रु ओसारप्रसार गर्दा यात्रुलाई टिकट मूल्य महंगो पर्ने र एयरलाईहरुको ‘कष्ट’ पनि नउठ्ने उनले बताए।

‘क्षमताभन्दा कम यात्रु बोके भने टिकट धेरै महंगो पर्ने र एयरलाइन्सहरुको कष्ट पनि उठ्दैन’ उनले भने, ‘भारतमा पनि आन्तरिक उडान सुरु गरिएको छ। तर त्यहाँ सुरक्षाका मापदण्ड अपनाइएको छ , सिट छोडिएको छैन। त्यो व्यवस्था हामीले गर्नुपर्ने हुन्छ।’

उनले अघि भने, ‘दोस्रो कुरा कोरोना स्वासप्रस्वासबाट सर्ने भन्ने छ। त्यो कुराहरुलाई हेक्का राख्नु पर्‍यो। प्यासेन्जरले खोक्नु परे वासरुमको प्रयोग गर्ने। त्यसो गर्दा अहिलेकै स्रोत साधन र अहिलेकै टिकटमा हामी उड्न पाउँछौँ।’

यसैगरी अन्तर्राष्ट्रिय उडानको हकमा पनि क्षमताभन्दा थोरै यात्रु बोक्दा एयरलाइन्सहरुले धान्न नसकिने उनको भनाई छ। ‘टिकट मूल्य डबल गर्दा त्यो सम्भव छैन। बाहिरबाट आउने यात्रुका लागि ७२ घन्टा भित्रको पीसीआर रिर्पोट अनिवार्य गर्नु पर्‍यो’ उनले भने,‘विमानस्थलमा पुगिसकेपछि उनीहरुलाई के व्यवस्था गरिएको छ सोही अनुसारका नियम कडाईका साथ लागु गरिएमा पुरानै मूल्यमा सञ्चालन गर्न सकिन्छ।’

हालसम्म टिकटको मूल्य यथावत नै रहेको र यस सम्बन्धी मूल्यांकन समिति गठन भएको उनले बताए। घाटामा रहने प्राधिकरणले विगत ५ महिनामा साढे चार अर्ब गुमाएको उनले बताए। ‘प्राधिकरणले विगत ५ महिनामा साढ चार अर्ब रुपैयाँ गुमाएको छ। यसबाट अन्दाज लाउन सकिन्छ अरुले कति गुमाए’ उनले भने।

अहिले एयरलाइन्सहरु धरासायीको अवस्थामा छन्। उक्त कुरालाई मध्यनजर गरेर प्राधिकरणले लकडाउन अवधिभरको पार्किङको ७५ प्रतिशत छुट दिएको र लकडाउन खुलेपछि पनि एक महिनाको ७५ प्रतिशत छुट दिने उनले जानकारी दिए।

‘सरकारले पनि ब्याज लगायतका सहुलियत दिएको छ’, उनले भने, ‘अहिलेसम्म स्थिति बिग्रेको छैन। अब पनि यस्तै अवस्था रहन्छ भने स्थिति भयावह हुन्छ। यसको मर्का कसैले थेग्न सक्दैन, न प्राधिकरणले, न एयरलाइन्सले, न सरकारले नै। त्यसैले सरकारले यसलाई बचाउन ठोस कदम चाल्नुपर्छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?