
काठमाडौँ – आज हरितालिका तीज । अवस्था सामान्य हुन्थ्यो भने पशुपतिनाथ मन्दिरमा पूजाआजा र नाँचगान गर्न उर्लेको भीड साम्य पार्न सुरक्षाकर्मीलाई हम्मे हम्मे हुन्थ्यो।
तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण उत्पन्न जटिल परिस्थितिका कारण पशुपतिनाथ मन्दिरको परिदृष्य बदलिएको छ।
रातो पहिरनले सजिएका हजारौँ हजार महिलाहरुको भीड पशुपतिमा छैन । पशुपति क्षेत्र सुनसान बनेको छ।
कोरोनाको भाइरसको संक्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएका कारण लाखौँ ब्रतालु महिलाहरुले घरमै पुजा गरेर तीज मनाइरहेका छन्।
देशसञ्चारका रविन आचार्य र सुलभ श्रेष्ठले सुनसान पशुपति क्षेत्रको परिदृष्य तस्बिरमा समेटेका छन्।