कोभिड नियन्त्रण तथा विपद प्रतिकार्यमा लाग्न सिडिओलाई मुख्यमन्त्री शाहीको निर्देशन

कोभिड नियन्त्रण तथा विपद प्रतिकार्यमा लाग्न सिडिओलाई मुख्यमन्त्री शाहीको निर्देशन
+
-

सिमकोट-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोना भाईरस (कोभिड-१९)को नियन्त्रण, रोकथाम र विपद प्रतिकार्यको काम सक्रियता पूर्वक गर्न निर्देशन दिएका छन्।

मुख्यमन्त्री शाहीले शुक्रवार कर्णाली प्रदेशका दश वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग भर्चुअल वैठकको आयोजना गरी यस्तो निर्देशन दिएका हुन।नागरिकको जीउ ज्यानको सुरक्षा गर्ने दायित्व राज्यको भएको भन्दै मुख्यमन्त्री शाहीले उनीहरुको जीउधनमा क्षति पुगेमा राज्यले जवाफ दिनुपर्ने बताए।

पछिल्लो समय कर्णाली प्रदेशमा लक्षण सहितको संक्रमण वढेको वताउदै सतर्कता अझै वढाउनु पर्ने उनको भनाई छ । कर्णालीमा वृद्धवृद्धा, दम तथा दीर्घरोगीहरुको संख्या धेरै रहेको बताउदै मुख्यमन्त्री शाहीले लक्षण सहितको संक्रमण समुदायमा पुगेमा मृत्यूदर वढन सक्ने चिन्ता व्यक्त गरे।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीमा प्रवेश गर्नेहरुसंग अनिवार्य पिसिआर रिपोर्ट माग गर्ने निर्णय गरेको वताउदै निर्णयको कडाईपूर्वक कार्यान्वयन गराउन मुख्यमन्त्री शाहीले निर्देशन दिएका हुन।

मेलापर्वको समय शुरु भएको वताउदै मुख्यमन्त्री शाहीले जिल्लामा कुनै पनि मेला, महोत्सव, भेला, तथा राजनीतिक भेला, वैठक र भिडभाड हुने गतिविधि पनि कडाईपुर्वक रोक्न निर्देशन दिएका थिए ।

जिल्ला विपद व्यवस्थापन केन्द्र (डिसिएमसी) वैठकवाट स्थानीय तह र प्रदेश सरकारसंग समन्वय गरेर हरेक नागरिकलाई अनिवार्य मास्क लगाउने व्यवस्था मिलाउनुपर्ने उनको तर्क निर्देशन थियो।

प्रदेश सरकारले जिल्ला अस्पत्तालहरुमा अक्सीजन, कम्तीमा एउटा भेन्टीलेटर र ५ देखि ७ वटा आईसीयू वेड व्यवस्था गर्न लागेको जानकारी पनि प्रजिअलाई दिएका थिए। वर्षायामका कारण वाढी, पहिरोजस्ता प्राकृतिक विपदवाट क्षति वढेको तर्फ चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री शाहीले उद्धार, उपचार, राहात तथा पुनस्र्थापनाका कामलाई प्रभावकारी वनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए।

समन्वयको अभावले विपद पश्चात उद्धार र उपचारको काम प्रभावकारी नभएको तर्फ ध्यानाकर्षण गराउदै मुख्यमन्त्री शाहीले विपदले पुर्‍याएको क्षति तथा घाईतेहरुको अवस्थाकाबारेमा तत्काल रिपोर्टिङ्ग गर्न पर्नेमा पनि जोड दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?