हुम्लामा बनेनन् माबाइलका नौवटा टावर

हुम्लामा बनेनन् माबाइलका नौवटा टावर
+
-

सिमकोट – हुम्ला जिल्लाका लागि मोबाइल टावर निर्माण गर्ने जिम्मेवारी पाएको एक भारतीय कम्पनीले काम अघि बढाउन सकेको छैन । एउटा टावरको को फाउण्डेसन निर्माण गर्ने बाहेक काम हुन सकेको छैन् ।

ताँजाकोट गाउँपालिका वडा नम्बर १ का पुनीमल खड्काले आफूले साढे दुई वर्ष अगाडि मोबाइल टावरको निर्माणको जिम्मेवारी पाएको एफ्टर प्राइभेट लिमिटेड कम्पनीसँग फाउण्डेसन निर्माणको जिम्मा लिए अनुसार काम सम्पन्न गरेर पनि भुक्तानी नपाएको बताए ।

टावरका लागि अन्य कुनै सामान आएको छैन । उनले जिम्मेवारी पाएको काम सम्पन्न गरी भुक्तानी माग्दा कम्पनीले दिएको छैन । खड्काले टावर निर्माणको सुरुवातका बेला कम्पनीका तर्फबाट एक भारतीय नागरिक र केही नेपाली स्थलगत अनुगमनका लागि आए पनि त्यसपछि उनीहरु कहिल्यै नआएको बताए ।

आफूले गरेको कामको भुक्तानी नपाएपछि उनले टेलिकमको केन्द्रीय कार्यालयमा उजुरी समेत गरेका छन् । कम्पनीमा गाउँपालिका अध्यक्ष बाग्दल मल्लको नेतृत्वमा टोली डेलिगेशन पनि गएको थियो तर निर्माणको कुरा नगरी आलटाल मात्र गरेपछि अध्यक्षको टोली टेलिकमको केन्द्रीय कार्यालयमै पुगेको थियो । अध्यक्ष मल्लको टोलीलाई टेलिकमले पनि कम्पनीलाई कालोसूचिमा राख्ने कुरा बताएको थियो । यसमा राजनीतिक चलखेल रहेको खड्काले बताए ।

गाउँमा मोबाइल सम्पर्क नभएर समस्या भएका बेला नयाँ टावर निर्माण गरेर मोबाइल सेवा सञ्चालनमा आउने हुम्लाबासीको सपना चाँडै पूरा हुने देखिँदैन । उक्त कम्पनीले जिल्लाका अन्य आठवटा स्थानमा मोबाईल टावर निर्माण गर्ने जिम्मेवारी पाएको भएपनि कतै काम सुरु गरेको छैन् ।

सो कम्पनीले मोबाईल टावर निर्माणको जिम्मेवारी पाएका स्थानहरुमा अदानचुली गाउँपालिकाको कालिका, सर्केगार्ड गाउँपालिकाको जैर, चंखेली गाउँपालिकाको मेल्छाम, सर्केगार्डको बराई, सिमकोट गाउँपालिकाको धारापोरी, नाम्खा गाउँपालिकाको केर्मी, नारा लेक र लिमी रहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?