७० को गोलभेँडालाई १२० रुपैयाँ

निषेधाज्ञाका बेला तरकारीमा खुलेयाम कालोबजारी, सरकार मूकदर्शक

निषेधाज्ञाका बेला तरकारीमा खुलेयाम कालोबजारी, सरकार मूकदर्शक
+
-

काठमाडौँ- हुन त हरेक वर्ष वर्षायाम सुरुसँगै तरकारीको मूल्य आकासिने क्रम सुरु हुन्छ। बाढी-पहिरो, डुबान लगायत तरकारीको मूल्य बढ्नुका कारण मानिन्छ। तर अहिले बाढी-पहिरो, डुबानका साथै कोरोना माहामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउन तथा निषेधाज्ञा पनि तरकारीको मूल्य वृद्धिको कारण बनेको व्यापारीहरु बताउँछन्।

कालिमाटी फलफूल तथा तरकारी बिकास समितिको तथ्यांक अनुसार होलसेको तुलनामा खुद्रा मूल्य बढी छ। होलसेलमा तरकारीको मूल्य घटेको देखिए पनि खुद्रामा भने मूल्य बढेको नै देखिएको छ।

किर्तिपुरका तरकारी व्यापारी बद्धराज श्रेष्ठले तरकारी नपाइएकाले महंगोमा बेच्नु परेको बताए।उनले बर्खामा तरकारीको मूल्य बढ्ने ‘स्वभाविक’ भए पनि अहिले कोरोना माहामारीका कारणले सरकारले गरेको बन्दले पनि यसमा थप भूमिका खेलेको बताए।

उनले भने, ‘अहिले तरकारी पाउनै मुस्किल छ। कृषकहरुले बर्खामा तरकारीभन्दा धान रोप्छन्। तरकारी उत्पादन हुर्दैन। बाहिरको तरकारीमा भर पर्नुपर्छ। बन्दले गर्दा उत्पादन भएको तरकारी पनि कृषकले बजारसम्म ल्याउन पाएका छैनन्।’

होलसेलमा सस्तो भए पनि आफूहरुले ढुवानी, भाडा लगायत सबै जोड्दा महंगो हुने उनले बताए। ‘होलसेलमा सस्तो भए पनि ढुवानी गर्नुपर्यो’, उनले भने, ‘भाडा तिर्नुपर्‍यो। घाटा खाएर त बेच्न सकिन्न।’

किसान र व्यवसायीबीच सोझो सम्पर्क नहुनु पनि मूल्य वृद्धि हुनुको मूख्य कारण भएको उनको भनाइ छ। ‘किसान र हामी जस्ता व्यवसायीहरुको सिधा सम्पर्क भएको भए तरकारीको मूल्य सन्तुलनमा हुन्थ्यो’, उनले भने, ‘किसानले पनि बजार पाउँथे, उचित मूल्य पाउँथे। उनीहरुले आफ्ना उत्पादन बजारसम्म पुर्याउन बिचौलीया पर्नु पर्थेन।’

ढुवानी लगायतका कारणहरु देखाएर खुद्रा मूल्य बढाए पनि कालिमाटी बजारका खुद्रा व्यापारीहरुले पनि महंगो मूल्यमा नै तरकारी बिक्री गरिरहेको पाइएको छ।

कालिमाटी बजार समितिका बोर्ड सदस्य नविन शाहाले उपभोक्ताले सधै भोग्दै आएको महंगीको समस्यालाई समाधान गर्न सरोकारवालाहरुले समय-समयमा अनुगमन गर्नुपर्ने बताए।  ‘माग र आपूतिको आधारमा मूल्य निर्धारण हुने हो’ उनले भने, ‘तर मूल्य वृद्धि हामीले हरेक वर्ष खेप्दै आएका छौँ। होलसेलमा सस्तो भए पनि खुद्रा व्यापारीले ढुवानी, लेबर चार्ज लगायत जोडेर आफ्नै मूल्य राखेर बेच्छ। त्यसका लागि सम्बन्धित निकायले अनुगमन गर्नुपर्छ।’

उनका अनुसार उपभोक्ताहरुले पनि स्वयम् जागरु हुन जरुरी छ। उपभोक्ताहरुले व्यापारीलाई किन, कसरी लगायतका प्रश्न सोध्न सक्ने र उनीहरुबाट आफूले खरिद गरेका सामानको बिल माग्ने बानी बसाल्नु पर्ने उनको भनाइ छ। ‘होलसेलबाट खुद्रा पसलसम्म व्यापारीले बिक्री वितरण गर्दा उपभोक्ताले खरिद गर्दा बिल लिनुपर्‍यो। यसमा स्वयम् उपभोक्ता जागरुक हुनुपर्‍यो। किन कसरी भयो भन्ने प्रश्न गर्ने बानी बसाल्नु पर्‍यो। सबैले आ–आफ्नो ठाउँबाट जागरुक भएर अगाडी बढ्यौँ भने महंगी गर्नेलाई निरुत्साहित गर्छ भन्ने लाग्छ’, उनले भने।

यस्तै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले मंगलबार तीनकुने, जडीबुटी, भक्तपुरको चारदोबाटोलगायत क्षेत्रमा तरकारीको होलसेल पसलमा निरीक्षण गरेको थियो।

होलसेलमा तरकारीको मूल्य ठिकै भए पनि बजारसम्म तरकारी आइपुग्दा महँगो भएको विभागले जनाएको छ।

होलसेलमा टमाटर प्रतिकेजी ७० रुपैयाँमा बिक्री भइरहेको छ भने खुद्रा व्यापारीहरुले प्रतिकेजी १२० रुपैयाँमा बिक्री गरिरहेका छन्।

यस्तै होलसेलमा प्रतिकेजी मुला ३५ रुपैयाँमा बिक्रि भइरहेकोमा खुद्रामा भने प्रतिकेजी सय रुपैयाँमा बिक्रि भइरहेको छ।

खुद्रामा प्रतिकेजी कागती २५० रुपैयाँ, आफू ७० रुपैयाँ, भिण्डी १०० रुपैयाँमा बिक्रि भइरहेको छ। तर कानुन अनुसार खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी जोडेर बिक्री गरिएमा त्यसलाई कालो बजारी मानिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?