वैदेशिक रोजगारमा तोडिंदै स्वास्थ्य क्षेत्रको सिन्डिकेट

विदेश जानेको स्वास्थ्यजाँच अब सरकारी अस्पतालबाट

विदेश जानेको स्वास्थ्यजाँच अब सरकारी अस्पतालबाट
+
-

काठमाडौं- वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाटै गर्ने व्यवस्था गर्न श्रम मन्त्रालयले छलफल सुरु भएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले शोमबार स्वास्थ्य राज्यमन्त्री पद्यमा कुमारी अर्याल र स्वाथ्य सचिव डा पुष्पा चौधरीसँग छलफल गरेका छन्।

छलफलमा नीजि स्वास्थ्य संस्थाको मनपरिले युवा ठगिएकाले वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण सरकारले नै गर्नु पर्ने सहमती भएको छ। यसका लागि आवश्यक प्रक्रिया सुरु गर्ने विषयमा दुबै मन्त्रालय तयार भएको श्रममन्त्रालय श्रोतले जनाएको छ।

केहि देशले आफ्नो देशमा लाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था आफैं तोकेकाले यसका लागि कुटनीतिक पहल थाल्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरिने भएको छ। स्वास्थ्य परीक्षणलाई कसरी सहज र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा दुबै मन्त्रालयले थप गृहकार्य गरेर टुंगो लगाउने भएका छन्।

श्रोतका अनुसार यसका लागि सरकारी अस्पतालमा छुट्टै शाखा बनाउने देखि छुट्टै लाइन लागेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने योजना सरकारले अघि सारेको छ। तर पहिले गन्तव्य देशसँग यस विषयमा कुटनीतिक पहल थालिने भएको छ। ती देशले मानेमा स्वास्थ्य क्षेत्रको हाल देखिएको सिन्डिकेट तोडिनेछ।

सरकारले वैदेशिक रोजगारीका लागि एक सय १० वटा देश खुल्ला गरेको छ। हाल कोरिया जाने युवाको मात्रै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गरिन्छ। अन्य देशमा जाने युवाको स्वास्थ्य परीक्षण गर्नका लागि २ सय ३५ वटा स्वास्थ्य संस्था सूचिकृत भएका छन्। तर ती सबै स्वास्थ्य संस्थाले सबै देशमा जाने युवाको स्वास्थ्य परीक्षण गर्न पाउँदैनन्।

मलेसियामा बायोमेट्रीक लागु भएपछि ३९ वटा मात्रै स्वास्थ्य संस्थाले परीक्षण गर्छन्। यस्तै साउदी, ओमन र बहराइन जाने युवाको गाम्का नेपालमा आवद्ध १२ वटा मात्रै स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउँछन्। अरु देशमा भने सुचिकृत भएका २ सय ३५ संस्थालाई अनुमती छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले यो निर्णय भएर कार्यन्वयनमा आएमा स्वास्थ्य संस्थाको मनपरि अन्त्य हुने बताए। विभिन्न नाममा अहिले भैरहेको कामदार ठगी अन्त्य हुने उनको भनाई छ। स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण गर्दा बढि रकम लिँदै आएका छन्।

सरकारी अस्पतालमा २ हजार ८ सय ६० रुपैयाँ हुने स्वास्थ्य परीक्षणका लागि गाम्कामा ५ हजार ५ सय रुपैयाँ परीक्षण र रजिस्टेशन शुल्क करिव १ हजार ३९ रुपैयाँ (१० डलर) पहिले बुझाउनु पर्छ।

बायो मेट्रिकले ४ हजार ५ सय स्वास्थ्य परीक्षण र माइग्राम्सका नाममा ३ हजार १ सय २० रुपैयाँ (३० डलर) लिँदै आएको छ। त्रिवि शिक्षण अस्पतालमा यो खालको स्वास्थ्य परीक्षण २ हजार रुपैयाँमा हुने श्रोतले जनाएको छ।

तर वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले भने स्वास्थ्य परीक्षण सरकारले गर्ने हो भने म्यानपवार व्यवसायीको काम पनि सरकारले नै गर्नु पर्ने बताए। देश सञ्चारसँग कुरा गर्दै खड्काले भने, ‘म्यानपवार कम्पनीले जस्तै हामी पनि सरकारसँग अनुमति लिएर काम गरेका हौं, हामीले गर्ने काम सरकारले गर्छ भने म्यानपवार व्यवसायीको काम पनि सरकारले नै गर्नु पर्छ ।’

नियमित बिरामीलाई नै स्वास्थ्य सेवा दिन नसकेको र धेरै अस्पतालमा डाक्टर नहुँदा ध्यान नदिएको सरकारले यो क्षेत्रमा काम नगर्नु नै उचित हुने उनको भनाई छ। सरकारले यतातिर ध्यान दिनुभन्दा उपचार अभावमा ज्यान गुमाउनेको सेवामा लाग्नु उचित हुने अध्यक्ष खड्काले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?