बन्दीपुर अस्पतालमा तीन महिनादेखि थन्कियो ‘एक्सरे मेसिन’

बन्दीपुर अस्पतालमा तीन महिनादेखि थन्कियो ‘एक्सरे मेसिन’
+
-

तनहुँ-तनहुँको बन्दीपुर अस्पतालको एक्सरे मेसिन तीन महिनादेखि बिग्रिदा सर्वसाधारण मर्कामा परेका छन् । अस्पतालको एक्सरे मेसिन बिग्रिदा सर्वसाधारणले निजी अस्पताल तथा क्लिनिकमा सेवा लिनुपर्ने बाध्यता छ।

सरकारी अस्पतालको एक्सरे मेसिन बिग्रिएपछि सर्वसाधारणलाई समस्या भएको स्थानीयवासी बसन्त पौडेलले जानकारी दिए । “सरकारी अस्पतालमा कर्म खर्चमा सेवा लिन पाइनेमा तीन महिनादेखि मेसिन बिग्रिदा सर्वसाधारण डुम्रे पुगेर महङ्गो शुल्क तिरेर सेवा लिन बाध्य छन्,” पौडेलले भने।

बन्दीपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. कुलदीप खत्रीले कोभिड-१९ का कारण भएको लकडाउनले गर्दा मेसिन बनाउन नसकिएको जानकारी दिए। “मेसिन बनाउन भरतपुर लगिएको थियो, सामान पाइएको छैन, लकडाउनका कारण समस्या भयो,” उनले भने । उनका अनुसार यस अगाडि दैनिक तीन चार जना सर्वसाधारण एक्सरे सेवाका लागि आउने गरेका थिए।

बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले मेसिन बनाउनका लागि गाउँपालिकाले पनि पहल गरे पनि सम्भव नभएको जानकारी दिए ।

अस्पतालमा औषधि समेत अभाव हुन थालेको छ। औषधि अभावकै कारण अस्पतालले बिरामीलाई म्याद सकिन लागेको औषधि वितरण गरेको भेटिएको छ।

अस्पतालमा परीक्षणपछि फार्मेसीबाट औषधि खरिद गर्नुभएकी स्थानीय एक महिलालाई फार्मेसीबाट १५ दिनको मात्रै म्याद भएको औषधि दिएको हो। दुई वर्ष पहिला उत्पादन भएको उक्त औषधिको म्याद यही अगष्ट महिनामा सकिंदैछ ।

अस्पतालका प्रमुख खत्रीले औषधि खरिद गर्नका लागि नयाँ खरीद प्रकृया अगाडि नबढेकाले अस्पतालमा केही औषधिहरु अभाव हुन थालेको बताए। “अस्पतालमा औषधि अभाव रहेकाले उहाँसँग सल्लाह गरेर नै १९ दिन बाँकी म्याद रहेको औषधि दिइएको हो, उहाँलाई उक्त औषधि १५ दिन प्रयोग गर्न भनिएको थियो,”उनले भने।

उनका अनुसार नयाँ आर्थिक शुरु भएपछि औषधि खरिद प्रक्रिया शुरु गर्नुपर्ने भएपनि भदौ लागिसक्दा समेत गाउँपालिकाको तर्फबाट खरिद प्रक्रिया शुरु हुन सकेको छैन। “बीमाको औषधि पनि अभाव छ, खरीद प्रक्रिया अगाडि बढ्न लागेको छ भन्ने जानकारी पाएको छु,” उनले भने ।

बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले भने गाउँपालिकाले छिट्टै नै औषधि खरिद प्रकृया शुरु गर्न लागेको जानकारी दिए। साउन महिनामा नै खरिद प्रकृया शुरु गर्नुपर्ने भएपनि कोभिड-१९ का कारण सो काम गर्न नसकिएको उनले बताए।

बन्दीपुर अस्पतालमा २८ जनाको दरबन्दी भएपछि स्थायी दरवन्दीमा १५ जना मात्रै कार्यरत छन् । बाँकी कर्मचारी अस्पताल व्यवस्थापन समिति मार्फत् करारमा राखिएको छ।

प्रवेशद्वारमा अस्थायी प्रहरी पोष्ट स्थापना


गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा स्थापना भएको अस्थायी प्रहरी पोष्टको शनिबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले निरीक्षण गरे।

निरीक्षणपश्चात् मन्त्री चुमानले गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारमा अवस्थित रहेको उक्त प्रहरी कार्यालयको स्थापनाले प्रदेशकै शान्ति सुरक्षामा अहम् भूमिका निर्वाह गर्ने बताए।

कोरोना भाइरसको सङ्क्रमणलाई थप फैलिन नदिन सीमा नाकामा हुनुपर्ने जाँचलगायत सुरक्षा सतर्कतामा थप सहजता प्रदान गर्न प्रहरी पोष्टले सहयोग पुग्ने मन्त्री चुमानले विश्वास व्यक्त गरे।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले सो प्रहरी पोष्टको स्थापनाले शान्ति सुरक्षा तथा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा थप प्रभावकारिता प्रदान गर्ने बताए।

कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक राजेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल लगायतको सहभागिता थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?