हुम्लामा सिकाई सहजिकरण कक्षा सञ्चालन

हुम्लामा सिकाई सहजिकरण कक्षा सञ्चालन
+
-

सिमकोट – हुम्लाका विद्यार्थीहरुलाई पठन पाठन कार्यप्रति निरन्तर रुपमा बानी बसाली राख्न सिकाई सहजिकरण कक्षा सुरु भएका छन् ।

कोरोना कहरले लामो समय विद्यालयमा पठन पाठन कार्य बन्द हुँदा विद्यार्थीको सिकाइ क्रियाकलापमा प्रभावित नहोस् भन्नका लागि सहजिकरण कक्षा सुरु गरिएको हो।

चंखेली गाउँपालिका वडा नम्बर ४ का गोपाल शाहीले साना नानीले लेख्न र पढ्न बिर्सिएको बेला यो कक्षा सुरु भएपछि विद्यार्थीलाई सहज भएको बताए।

कक्षा दुईमा अध्ययन गर्ने नानीहरुले लेख्नसमेत बिर्सेका बेला अब सिकाई सहजिकरण कक्षाले त्यो समस्या समधान गर्ने उनले बताए ।

साना साना नानीले लामो समय पठन पाठन गर्न नपाएर बिर्सिन सक्ने समस्या आउन सक्ने देखिएपछि यो कक्षा अभ्यासकै लागि सञ्चालनमा ल्याइएको हो ।

सिकाई सहजिकरण कक्षा हुम्लामा पहिलो पटक सञ्चालनमा आएको हो । गुड नेवर्स इन्टरनेशनलका जिल्ला संयोजक वीरेन्द्र चौधरीले पहिलो पटक नमूनाको रुपमा आठ स्थानमा एक साथ यो कक्षा सुरु गरिएको बताए ।

हाललाई यी कक्षा प्राथमिक तहको विद्यार्थीलाई केन्द्रित गरेर सञ्चालन गरिएको छ । एउटा कक्षामा २० जना विद्यार्थीलाई दुई मिटरको दूरीमा राखेर कक्षामा सहभागिता गराउने व्यवस्था गरिएको छ ।

यसका लागि प्रतिकक्षा एक जना सहजकर्ता पनि परिचालन गरिएको छ । हाल चंखेली, सर्केगार्ड, खार्पुनाथ र सिमकोट गाउँपालिकामा यी कक्षा सञ्चालनमा आएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?