हिल्सा नाका बन्द भएपछि उत्तरी हुम्लामा खाद्य संकट

हिल्सा नाका बन्द भएपछि उत्तरी हुम्लामा खाद्य संकट
+
-

सिमकोट – चीनसँग सिमाना जोडिएको उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाका लागि एक हजार क्वीन्टल खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पठाउने भएको छ।

दैनिक उपभोग्य बस्तु देखि लत्ताकपडा सबै चीनसँग निर्भर रहँदै आएको नाम्खा गाउँपालिकाले कोरोना संक्रमणपछि चीनसँगको नाका बन्द हुँदा खाद्यान्नको समस्या भोग्दै आएको छ।

वडा नम्बर १ का अध्यक्ष प्रेम बहादुर लामाले नाम्खा गाउँपालिकामा खाद्यान्न अपुग हुने संभावना बढेपछि खाद्यान्न माग गरिएको बताए ।

गाउँपालिकाका सबै बासिन्दाहरु खाद्यान्न, लत्ता कपडा र विकास निर्माणका सामानहरु चीनको बुराङ काउण्टीको ताक्लाकोटमा निर्भर रहँदै आएकोमा कोरोना कहरका कारण अहिले चीनसँगको हिल्सा नाका बन्द हुँदा यी सामग्रीको समस्या भएको हो ।

आफ्नै उत्पादनले कमै समय खाना पुग्ने र चीनबाट सामान आयात नभएपछि नाम्खा गाउँपालिकामा खाद्यान्न समस्या भएको हो । लिमिटेडको सिमकोट शाखा प्रमुख राम बहादुर बिष्टले गाउँपालिकाको माग केन्द्रमा बढाउँदा लिमिटेड एक हजार क्वीन्टल खाद्यान्न तत्काल हवाई मार्गबाट ढुवानी गर्ने निर्णयमा पुगेको बताए ।

ढुवानीको लागि टेण्डर हुँदा सप्लार्यस समेत छनौट भएको र अब एक हप्तामा नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गबाट खाद्यान्न ढुवानी सुरु हुने भएको छ । हवाई मार्गबाट ढुवानी भएको खाद्यान्न नाम्खा गाउँपालिकामा भने पैदल मार्गबाट ढुवानी हुनेछ ।

खाद्यान्न समस्या देखिएपछि नाम्खा गाउँपालिका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको सिमकोट शाखाबाट एक हजार क्वीन्टल खाद्यान्न पठाइएको छ ।

शाखा प्रमुख बिष्टले जिल्लाबाट उपलब्ध भएको खाद्यान्न प्रतिघरधुरी ९० केजी वितरण गरिएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?