कोरोनाविरुद्धकाे खोपको आकश्मिक प्रयोग अनुमति दिँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्छ, सचेत बनौँः डब्लुएचओ

कोरोनाविरुद्धकाे खोपको आकश्मिक प्रयोग अनुमति दिँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्छ, सचेत बनौँः डब्लुएचओ
+
-

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोपको आकश्मिक वा आपतकालीन प्रयोगका लागि स्वीकृति दिँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले त्यसतर्फ सचेत हुनु पर्ने बताएको छ।

डब्लुएचओले विकासको क्रममा रहेको खोपको आकश्मिक प्रयोगका लागि स्वीकृति दिँदा अति गम्भीर बन्नु पर्ने र त्यसबाट पर्न सक्ने प्रभावहरुप्रति सचेत हुनु पर्ने बताएको हो।

डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले हरेक देशसँग खोपको पूर्ण परीक्षण बिना प्रयोगका लागि स्वीकृति प्रदान गर्ने अधिकार रहेको भए पनि त्यसलाई हल्का रुपमा लिन भने नहुने बताएकी छन्।

कुनै पनि नयाँ खोपको प्रयोगपूर्व पूर्ण तहको परीक्षण हुनु पर्ने र त्यसको प्रभावकारिता तथा सुरक्षालाई लिएर शतप्रतिशत विश्वस्त हुनु पर्ने उनले बताएकी छन्।

तर पनि संकटको अवस्थामा बिस्तारित परीक्षण बिना आकश्मिक प्रयोगको स्वीकृति दिने अधिकार देशहरुसँग रहे पनि परिणामबारे भने सचेत हुनु पर्ने वैज्ञानिक स्वामिनाथनले बताएकी छन्।

डब्लुएचओका अनुसार विश्वभर अहिले कोरोना भाइरसविरुद्धका सम्भावित ३३ खोपहरु मानवीय परीक्षणको चरणमा छन्। यस्तै अरु १४३ वटा खोपहरु मानवीय परीक्षण पूर्वको तहमा रहेको डब्लुएचओले जनाएको छ।

अमेरिकामा खोपको आकश्मिक प्रयोगका लागि स्वीकृति दिने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले काम गरिरहेको खबर आएका बेला डब्लुएचओले त्यसलाई लिएर सचेत गराएको हो।

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा महामारीविरुद्ध ट्रम्प प्रशासनको प्रयास प्रभावकारी नभएको भन्दै गम्भीर आलोचना हुँदै आएको छ।

ट्रम्पले आफ्नो प्रशासनले गरेको प्रयास राम्रो रहेको दाबी गरे पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन।

कोरोना भाइरसविरुद्धको खराब प्रयास तथा रंगभेद विरोधी आन्दोलनका कारण आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग आफू पराजित हुन सक्ने सम्भावनाका देखेका ट्रम्पले त्यसबाट बच्नका लागि खोपको आकश्मिक प्रयोगको स्वीकृति प्रदान गर्ने प्रयासमा रहेको दाबी गरिन्छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले चुनावअघि खोप प्रयोगमा ल्याउन सके त्यसले आफूलाई राजनीतिक रुपमा सहयोग गर्ने देखेर पूर्ण तहको परीक्षणबिना नै कोरोना भाइरसविरुद्धको खोपको आकश्मिक प्रयोग स्वीकृति प्रदान गर्न चाहेका छन्।

जोन्स हप्किन्स विश्वविद्यालयलेको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कुल संक्रमितको संख्या ६० लाख २८ हजार भन्दा धेरै छ।

अहिलेसम्म अमेरिकामा कोभिड–१९ बाट एक लाख ८३ हजार पाँचसय भन्दा बढीको ज्यान गएको छ। अमेरिकामा पछिल्लो एक महिना भन्दा कम समयमा १० लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।

विश्वभर कुल संक्रमितको संख्या दुई करोड ५४ लाख तीन हजार छ। यस्तै अहिलेसम्म विश्वभर ८ लाख ४९ हजार तीन सयजनाको कोभिड–१९ बाट ज्यान गएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?