हिमालपारीको गाउँमा पहिलो पटक तीनवटा सिंचाई कुलो निर्माण

हिमालपारीको गाउँमा पहिलो पटक तीनवटा सिंचाई कुलो निर्माण
+
-

सिमकोट-हिमालपारीको गाउँ लिमीमा पहिलो पटक तीन वटा सिंचाई योजना निर्माण भएको छ।

आकाशे पानी र परम्परागत कुलोको भरमा सिंचाई गरी रहेका लिमीमा नयाँ सिंचाई योजनाको निर्माणसँगै खेती गर्नु सजिलो भएको हो।

सिँचाइका लागि कुलो बनेपछि उत्पादनमा समेत वृद्धि हुने नाम्खा गाउँपालिका वडा नम्बर ६ को लिमी हल्जी गाउँका स्थानीय कुन्जोक तामाङले बताए।

उनले भने, ‘तीनै गाउँमा पहिलो पटक सिंचाई बनेको छ। अब उत्पादनमा बृद्धि हुन्छ।आकाशे पानीका भरमा खेतीपाती गर्दा खडेरी परेका वर्ष उत्पादन नहुने समस्या स्थानीयले भोग्दै आएका थियाै। त्यो अब हटेको छ।’

उनका अुसार वर्षमा एक बाली मात्र हुने लिमीमा सिचाई बनेसँगै अब अरु बालीको पनि बिकल्प खोजिने छ। उनले भने, ‘पहिला हामी एक बाली मात्रै लगाउन पाउँथ्याै। अब अरू बालीको पनि बिकल्प सोच्ने बेला भयो।’

यस्तै वडा अध्यक्ष पाल्जेर तामाङले अब सिंचाई निर्माणले गाउँको मुहार फेर्न समय नलाग्ने बताए। उनले भने, ‘भएर चालू भएपछि उत्पादनमा बृद्धि हुने संकेत देखिएको छ। अब गाउँको मुहार फेर्न समय लाग्दैन। यस वर्ष जग्गामा लगाएको बाली राम्रो देखिए पछि स्थानीय निक्कै खुसी देखिनु भएको छ।’

यस्तै ग्रामीण जलश्रोत ब्यबस्थापन परियोजनाका जिल्ला सल्लाहकार बिरेन्द्र थापाले तीन वटै सिंचाई निर्माण जनताको माग अनुसार नै बनाएको बताए। उनले भने, ‘जनताको माग सिँचाइका लागि ाएपछि सोही अनुसार लिमीमा तीन वटा गाउँमा गान घोटान, हल्दिङ र होमजाङ सिचाई योजना निर्माण गरिेका छाैँ।’

उनका अनुसार तीनवटै सिंचाईबाट लिमीका ३८० रोपनी जग्गामा यसै वर्षबाट सिंचाई गर्न सुरु गरिएको छ। सिंचाई योजना सञ्चालनमा आएपछि दुई सय घरधुरीका एक हजार दुई सय जनसंख्या प्रत्यक्ष रुपमा लावान्भित भएका छन्।

करीब २५ प्रतिशत उपभोक्ताको लगानी रहेको तीन वटै सिचाईका लागि बाँकी बजेट परियोजना र गाउँपालिकाले लगानी गरेको छ।
यता, स्थानीय उपभोक्तद्धारा निर्माण गरिएका यी तीनवटै सिचाई योजना सम्पन्न गर्न एक करोड ७० लाख ३२ हजार ६४२ रुपियाँ लागत लागेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?