ट्रिनबागोको लगातार सातौँ जित, सन्दीपको टोली १९ रनले पराजित

ट्रिनबागोको लगातार सातौँ जित, सन्दीपको टोली १९ रनले पराजित
+
-

जमैका- ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटको यो सिजन शानदार प्रदर्शन कायमै राखेको छ। ट्रिनबागोले मंगलबार राती भएको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजलाई १९ रनले हरायो।

पहिला ब्याटिङ गरेको ट्रिनबागोले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो। ट्रिनबागोका कोलिन मुन्रोले सर्वाधिक ६५ रन बनाए, ५४ बल खेल्दै। कायरन पोलार्डले १६ बलमा ३३ रन जोडे। सुनिल नारायनले ११ बलमा २९ रन बनाए। लेन्डल सिमोन्सले पनि २५ रन जोडे।

तल्लावाजका कार्लोस ब्राथवैटले दुई तथा सन्दीप र फिडेल एडवार्ड्सले एक एक विकेट लिए। सन्दीपले चार ओभरमा २० रन खर्चिएका थिए। प्रतियोगिताको यो सिजन उनले १० विकेट लिएका छन्।

विशाल लक्ष्य पछ्याएको जमैकाले पहिलो बलमै विकेट गुमाएपनि निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर एक सय ६५ रन जोड्यो। कप्तान आन्द्रे रस्सेलले २३ बलमा चार छक्का र पाँच चौकासहित ५० रन जोडे। कार्लोस ब्राथवैटले २६ र ग्लेन फिलिप्सले ४१ रन बनाए। ब्राथवैट र रस्सेलबीच सातौँ विकेटका लागि ५.५ ओभरमा ६८ रनको साझेदारी भयो।

ट्रिनबागोका बलर फावद आलमले दुई तथा ड्वेन ब्राभो, सुनिल नारायन, अकियल हुसेन र खेरी पायरले एक एक विकेट हात पारे।

७ खेलबाट १४ अंक भएको ट्रिनबागो सेमिफाइनल पुगिसकेको छ। तल्लावाज ७ खेलबाट ६ अंक जोडेर तालिकाको चौथो स्थानमा छ। पाँचौँ स्थानमा रहेको बार्बाडोस ट्राइडेन्ट्सको सात खेलबाट चार अंक छ। तेस्रो स्थानमा रहेको गुयाना एमाजनको पनि सात खेलबाट ६ अंक छ। यी तीनवटै टोलीले लिग चरणमा तीन तीन खेल खेल्न बाँकी छ। लिग चरणका शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?