सालकको खपटा सहित पक्राउ

+
-

काठमाडौं-सिआईबीले चपली चोकबाट संरक्षित वन्यजन्तु सालकको खपटा(आखेटोपहार) सहित खोटाङ दारेपाछिता ताल गाबिस घर भएका अनिल चाम्लिङ राईलाई पक्राउ गरेको छ।

सीआईविका अनुसार चाम्लिङबाट१ के.जी. ५०० ग्राम सालक बरामत गरिएको हो।

पक्राउ परेका बर्ष २४ का चाम्लिङलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालयकाठमाण्डौमा बुझाईएको सीआईविले जनाएको छ।

सालक सिआइटिईएस महासन्धी १९७५ को अनुसुची १ अनुसार लोपोन्मूख प्रजातिकोसूचीमा सुचीकृत जनावर हो ।

सालकको ओसारपसार र बिक्रीवितरण गरेराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ को दफा २६ (१) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन,२०७३ कोदफा २१ (१) कमा भएको व्यवस्था बमोजिम कारवाहि हुने कानुनी प्रावधान रहेको छ।

ऐन अनुसार सालक मार्ने,आखेटोपहार राख्ने,खरिद बिक्री गर्ने वा ओसार पोसार गर्नेलाई पाँच लाखदेखि दश लाख रूपैयाँसम्मजरिवाना वा ५ बर्षदेखि १५ वर्ष सम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?