
सिमकोट – कालो पोथी चलचित्र निर्देशन गरेर चर्चमा आएका निर्देशक मिन बहादुर भामलाई हुम्लामा सम्मान गरिएको छ।
कालो पोथी मार्फत कर्णालीको वास्तविकता मात्र नभई अन्तराष्ट्रिय स्तरमा नेपालको पहिचान बनाउन सफल भएकोमा निर्देशक भामलाई सम्मान गरिएको हो।
प्रयत्न नेपालको आयोजनामा भाम सम्मानित भएका हुन्। उनलाई संघीय सासद छक्क बहादुर लामा र कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीले खाादा ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।
सांसद लामाले कर्णालीको पर्यटन प्रवद्र्धनमा निर्देशक भामको कालो पोथीले महत्वपूर्ण योगदान दिएको बताए।