पर्यटकीय क्षेत्र लडे दह जाने आन्तरिक पर्यटक बढे

पर्यटकीय क्षेत्र लडे दह जाने आन्तरिक पर्यटक बढे
+
-

सिमकोट – ढिलै भए पनि यसपाली पर्यटकीय क्षेत्र लडे दहमा जाने आन्तरिक पर्यटकहरु बढ्न थालेका छन् ।

कोरोना संक्रमणको त्रासले सुनसान भएको उक्त क्षेत्रमा हुम्ला जिल्ला हालसम्म कोरोनाको ग्रीन जोनका रुपमा देखिए पछि बिस्तारै उक्त क्षेत्रमा आन्तरिक पर्यटकहरु जान थालेका हुन्।

साउन महिनासम्म एक जना पनि जान नसकेको सिमकोट गाउँपालिका वडा नम्बर ४ को लडे दहमा आन्तरिक पर्यटकहरुको चहल पहल बढ्न थालेको हो।

केही दिन अगाडि उक्त क्षेत्र अवलोकन गरेर फर्केका सिमकोट गाउँपाकिलाका उपाध्यक्ष बली रावतले अग्लो स्थानमा रहेको लडे दहमा रमाइलो हुने गरेको बताए ।

बिहान पैदल हिँडेर बेलुका फर्कन सकिने भएपनि आन्तरिक पर्यटकहरु रमाइलोका लागि एक रात उक्त स्थानमा बास बस्ने गरेका छन्।

आन्तरिक पर्यटकका रुपमा कर्मचारी, व्यापारी, शिक्षक र विद्यार्थीहरु बढी जाने गरेका छन्।

शनिवार बढी पर्यटकहरु जाने भएपनि अन्य दिनमा पनि आफ्नो समूह बनाएर घुम्न जाने गरिन्छ ।

उपाध्यक्ष रावतले चार हजार मिटर अग्लो स्थानमा निक्कै गहिरो दह बनेको र उक्त स्थानबाट अन्यत्र पनि अवलोकन गर्न सकिने भएको कारण पर्यटकीय स्थलका रुपमा विकास गर्नु पर्ने बताए ।

सो क्षेत्र अवलोकन गरेर फर्केका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि गिरीले प्रकृतिको अनुपम उपहारका रपमा लडे दह रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?