
काठमाडौं – पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि देशभरको मौसम बदली भएको छ भने पानी पनि परेको छ ।
बिहीबार पनि देशका अधिकांश क्षेत्रको मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण बदली र वर्षा भएको मौसमविदले बताएका छन् ।
मनसुनी गतिविधि अझै एक दुई दिन जारी रहनेछ । प्रि–मनसुनको समय भएकाले यस्तो भएको मौसमविदले बताएका छन् । केही समय मौसम खुले पनि बादल लागि हाल्ने उनीहरुको भनाई छ ।